RaraNews

प्रकाशित : २०७७/२/३ गते
१२८२ पटक

‘देशभर दलित समुदायमाथि जातीय विभेद, छूवाछूत र गम्भीर मानवअधिकार उल्लंघनका घटना बढिरहनु चिन्ताको विषय हो’ भन्दै समाजका विभिन्न पेशामा आबद्ध ५१ जना व्यक्तित्वहरुले एक अपील जारी गरेका छन् ।

‘दलित समुदायमाथिको अमानवीय व्यवहारका पछिल्ला घटनामा कोरोना महाव्याधिले ल्याएको विपदमा सरकारले दिने राहतमा समेत दलित समुदायमाथि विभेद भइरहेका घटना सार्वजनिक भएका’ उल्लेख गर्दै अपीलमा भनिएको छ– ‘कोरोना महाव्याधिको संवेदनशील घडीमा दलित समुदायको आत्मसम्मान र मानवअधिकारको विरूद्ध नीतिनिर्माण तहमा रहेका व्यक्तिहरुबाट भएका हर्कतले दलित तथा सीमान्तीकृत समुदायप्रति यो राज्यको दृष्टिकोण छर्लंग पारिदिएका छन् ।’

अपीलमा अगाडि भनिएको छ : ‘हामी नेपालको संविधानविपरीत पोखराको बाटुलेचौरमा भएको जातीय विभेदको घटनामा अभियुक्तको पक्षमा वकालत गर्ने गण्डकी प्रदेशका सांसद तथा नेकपा कास्कीका अध्यक्ष कृष्णबहादुर थापालाई नैतिकताको आधारमा राजीनामा दिन लगाई दलित समुदायसमक्ष सार्वजनिक रूपमा माफी मगाउन, देशभर दलित समुदायमाथि भएका मानवअधिकार उलङ्घनका घटनाका दोषीहरूलाई जातीय भेदभाव तथा छुवाछूत (कसूर र सजाय) ऐन २०६८ अनुसार घटनामा प्रत्यक्ष वा परोक्ष रूपमा संलग्न सबैलाई कानूनसम्मत कारबाही गरी पीडितलाई क्षतिपूर्ति दिलाउन, राष्ट्रिय दलित आयोगमा अविलम्ब आयुक्त एवं सदस्यहरूको नियुक्ति गर्न र कोरोना विपद्को राहत वितरण गर्दा दलित समुदायमाथि हुने संरचनागत बहिष्करणलाई मध्यनजर गर्दै विपद व्यवस्थापनका हरेक प्रकृयामा दलित तथा सीमान्तकृत समुदायको समावेशीकरण र सामाजिक न्यायको सुनिश्चितता गर्नका लागि नेपाल सरकारसँग माग गर्दछौं ।’ 

अपीलमा ‘सामाजिक न्यायको पक्षमा हाल दलित समुदायले देशव्यापी रूपमा गरेका विरोध र संघर्षका कार्यक्रमप्रति ऐक्यबद्धता व्यक्त गर्दै यस कार्यमा सरकारलाई जवाफदेही बनाउन सम्पूर्ण गैरदलित समुदायका नागरिक, बुद्धिजीवी, मानवअधिकारकर्मी, पत्रकार र सामाजिक न्यायका अभियन्तालाई हातेमालो गर्न’ पनि आव्हान गरिएको छ ।

अपील जारी गर्नेहरुको नामावली यस प्रकार छ :

१. खगेन्द्र संग्राैला, साहित्यकार, स्तम्भकार, २. राजेन्द्र महर्जन, लेखक तथा सम्पादक, ३. संजीव उप्रेती, लेखक, प्राध्यापक, ४. उज्जवल प्रसाईं, लेखक, ५. धनकुमारी सुनार, लेखक, ६. प्रणिका कोयू, लेखक, ७. अर्चना थापा, लेखक, प्रकाशक, ८. रिता शाह, लेखक तथा अधिकारकर्मी, ९. शिवहरि ज्ञवाली, लेखक, १०. उत्तमबाबु श्रेष्ठ, (पीएचडी) अनुसन्धानकर्ता, ११. तुलानारायण शाह, लेखक, १२. सरिता परियार, लेखक, १३. वन्दना ढकाल, लेखक, १४. संगीतश्रोता, कवि, लेखक, १५. प्रकाश भट्टराइ (पीएचडी) अनुसन्धानकर्ता, १६. राजु स्याङतान, कवि, १७. विनोदविक्रम केसी, कवि, १८. ब्रबिमकुमार, अधिकारकर्मी, १९. टासी टेवा, अनुसन्धानकर्ता, २०. नयन पी. सिन्धुलीय, अनुसन्धानकर्ता, २१. भोगीराज चाम्लिङ, लेखक तथा अनुसन्धानकर्ता, २२. किरण दाहाल, पत्रकार, २३. मनोज पौडेल, अर्थविद्, २४. सिपी अर्याल, पीएचडी अनुसन्धाता, २५. निरज ताम्राकार, २६. बिमला गायक, अधिकारकर्मी, २७. बिजय राज पौडेल, दलित होमस्टे अभियन्ता २८. सम्राट कटुवाल, दलित होमस्टे अभियन्ता २९. शुभ कायस्थ, अधिकारकर्मी ३०. दिवश राज केसी, अनुसन्धाता ३१. नयनतारा गुरूङ (कक्षपती) ३२. हिमा राई, सामाजिक कार्यकर्ता, ३३. दाेभान राई (पीएचडी), सुचना प्रविधि विज्ञ ३३. देवान राई, संचारकर्मी ३४. विना पुन, अनुसन्धान कर्ता  ३५. स्मृती राई , सामाजिक कार्यकर्ता ३६. विनाेद देवकोटा, उद्यमी ३७. केशव सिलवाल, कवि ३८. द्वारिका थेबे ३९. सविन निङ्लेखु (पीएचडी), अनुसन्धानकर्मी ४०. सृजना पन्त, जनस्वास्थ्य कर्मी ४१. सरिता तिवारी, लेखक ४२. कल्पना चिलुवाल, कवि ४३. शुष्मा बराइली, लेखक ४४. सिर्जना ढकाल, लेखक ४५. प्रतिकला चाैधरी, अधिकारकर्मी ४६. रुख गुरुङ, अनुसन्धाता ४७. प्रवीण अधिकारी, लेखक ४८. कमला अमात्य, सामाजिक कार्यकर्ता ४९. शुभाणी सिंह, प्रकाशक, ५०.प्रणवमान सिंह, लेखक, शिक्षक ५१. पुकार बम, अभियन्ता, शिक्षक

प्रतिकृया दिनुहोस्