RaraNews

प्रकाशित : २०७७/२/१ गते
१३८० पटक

गुल्मीको कालीगण्डकी गाउँपालिका वडा न ५ फोक्सिङ्गमा दलित माथी अमानबिय कार्य गरिएको छ । दलित भयकै कारण उच्च जातिको घरमा पस्दा १५०० जरिवाना तिर्नु परेको छ । बैशाख २२ गते फोक्सिङ सोँगा साबिकको वडा न ८ मा माँयाँ परियारको मृत्यु भयको र दाह संस्कारको लागि फोक्सिङ्ग खानीगाउँ देउरालीबाट मृतकका आफन्तजन धन बहादुर र कौसिला परियारका छोरा श्याम परियार र अन्य केही साथीहरु सोँगा गई त्रिबेणि घाटमा अन्तिम दाह संस्कार गरि फोक्सिङ्ग फर्किने क्रममा आकासबाट हुरि, बतास सङ्गै पानी परेकाले फोक्सिङ्गको रिम गाउँमा नेत्र काउछाको घरमा ओत बसेका थिए ।

उक्त घरको बरण्डा तथा पिँडिमा ओत बसेको र आकासबाट निरन्तर पानी पर्दै हुरि बतास चल्दै पानीले रुजाएपछी उक्त बरण्डामा बस्न नसकी श्याम परियारका साथीहरु घर भित्र पसेका थिए । उनिहरु उच्च जातिका रहेको पाईएको छ । अन्त्यमा श्याम परियार पनि पानीबाट बच्नका लागि साथिहरुको आग्रहमा उक्त कोठामा पसेका थिए ।

दलित घर भित्र पसेकाले अपबित्र भयको र घरलाई पबित्र गराउन पुजा पाठ बास्तु गर्नु पर्छ भन्दै फोक्सिङ रिम गाउँका नेत्र काउचा, बुद्धि जिबि लगायत अन्य स्थानिय बासिन्दाले बैसाख २२ गते बेलुका मिटिङ्ग बसि सुरुमा सातहजार जरिवाना तिर्नु पर्छ भदै दबाव दिएका थिए । तर अन्त्यमा १५०० जरिवाना रकम हस्तान्तरण गरिएको बाताईन ।

पिडक श्यामका बुवा धन बहादुर परिवारले उक्त रकम तिर्न सकिँदैन तिर्नु हुदैन भन्दा हातपात गरि घाँटी अचटेको र पिडक श्याम परियारलाई अभद्र ब्यवहार पनि गरिएको जानकारी गराउनु भयो । कालीगण्डकी गाउँपालिका ५, फोक्सिङका वडा अध्यक्ष थम्मन सिंह आलेले यो घटना आफुलाई थाह नभएको र वडा कार्यालयमा आजसम्म कुनै पनि जानकारी नभएकाले आफू अनविज्ञ रहेको बताए ।

पिडक श्याम परियारकि आमा कौसिला परियार कालीगण्डकी गाउँपालिका कार्यपालिका सदस्य समेत रहेकी छिन । उनको माईती तर्फकी कान्छी आमाको निधन भएको र आफू पुर्ण रुपमा दु:ख र सोकमा रहेकाले समाजमा कायम जातियता दवाबका कारण अन्यत्र जानकारी गराउन नसकेको बताउनु भयो ।

कार्यपालिका सदस्य समेत रहेका जनप्रतिनिधीका परिवारिक सदस्य माथी यस्तो ब्यवहार गरिनु निकै लज्जास्पद रहेको छ । राज्यले छुवाछूत मुक्त देश घोषणा गरिसकेको छ । तर हाम्रा गाउँ घरमा यस्ता घटना घटिरहने गर्दछन । जस्ले हाम्रो समाजको परम्परा र कुरिती अझैसम्म पनि कायम रहेको जातियता असमानता रहेको प्रष्ट भएको छ ।

प्रतिकृया दिनुहोस्