RaraNews

प्रकाशित : २०७७/१/३१ गते
१४१२ पटक

केहि समय देखि चर्चामा रहेको पोखरा वाटुलेचौरको जातिय बिभेदको घटनामा बुधबार जिल्ला अदालत कास्कीले जनही १ लाख ७० हजार रुपयाँ धरौटीमा जातिय विभेदको अभियोगमा पक्राउ परेका तीन जनालाई रिहा गर्न आदेश दिएको छ ।
जिल्ला अदालत कास्कीका न्यायाधीश दण्डपाणी शर्माले अभियुक्त राम जिसी, जनक थापा र देववहादुर थापालाई धरौटी रकम राखेर तारेखमा रिहा गर्न आदेश दिएका थिए । सार्वजनिक जग्गामा वनेको किरियापुत्री भवन प्रयोग गर्न वाटुलेचौरका मोहन सुनारले चावी माग्दा नदिएपछि पीडितले आफुमाथि जातिय विभेद भएको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दिएका थिए । पीडितको जाहेरीका आधारमा अभियुक्तहरुलाई गत २३ गते पक्राउ गरेको थियो ।


जातिय विभेद तथा छुवाछुत कसुर मुद्धामा पीडितकातर्फवाट अधिवक्ता शिव वहादुर सुनार, विनिता नेपाली र वेदनाथ भण्ढारीले वहस गरेका थिए । जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिधवक्ता गुरुप्रसाद वाग्ले र सहन्यायाधिवक्ता महेन्द्रप्रसाद अधिकारीले वहस गरेका थिए । विपक्षीकातर्फवाट वरिष्ठ अधिवक्ता कृष्णवहादुर गुरुङ्ग, शालिग्राम भट्टराईले वहस गरेका थिए ।
वैदेशिक रोजगारीमा रहेका भाइ समरको उतै निमोनियावाट मृत्यु भएपछि मोहनले भतिज मनोजलाई राख्न घर नजिकैको किरियापुत्री भवन प्रयोग गर्न चावि माग्दा भेदभाव गदै प्रयोगवाट बन्चित गरिएपछि पीडितले न्यायका लागि प्रहरी कहाँ उजुरी दिएका थिए ।


सार्वजनिक जग्गामा पोखरा महानगरपालिका कार्यालय, वडा कार्यालय १६ को लगानीमा स्थानीय क्षेत्री समुदायले वनाएको भवन केहि व्यक्तिले मोहनको परिवारलाई दिन नहुने भन्दै विरोध जनाएर वन्चित गरेपछि घटनाको चौतर्फि बिरोध र वहस सिर्जना भएको थियो । त्यस्तै बिभिन्न संघसंस्था ,राजनितीक दल देखि संसदमा समेत आवाज उठेको थियो ।

प्रतिकृया दिनुहोस्