RaraNews

प्रकाशित : २०७७/१/२२ गते
२९०५ पटक

धनगढी, २१ बैशाख : दुबै मृगौला पिडित दमककी २९ बर्षिय कविता विकको उपचारमा समस्या भएको छ । दुवै मृगौलामा समस्या देखा परेपछि धरानस्थित विपि कोइराला प्रतिष्ठानमा उपचार गराई रहेकी उनको आर्थिक अभावका कारण उपचारमा समस्या भएको हो ।

९ बर्षदेखी उनको परिवार दमक नगरपालिका-९ ईटाभट्टा नजिक डेरामा बस्दै आएका छन् । सुनसरीको रामधुनी नगरपालिका-७ स्थायी घर भएका उनको परिवार भएको घर र पाखोवारी ससुराले बेचिदिएपछि रोजगारीको क्रममा दमक बस्दै आएका छन् । उनका श्रीमान ज्ञान बहादुर रिक्सा चालक हुन् ।

दिनभर श्रीमानले रिक्सा चलाएर कमाएको पैसाले जीवन गुजारा चलाउदै आएका छन् । एक्कासी आँखा र दुबै खुट्टा सुन्निएपछि चेकजाँचका लागि अस्पताल पुग्दा दुबै मृगौलाले २५ प्रतिशत मात्र काम गरेको चिकित्सकले जानकारी गराएको उनका श्रीमानले बताए ।

एक महिनादेखी उपचार गराई रहेकी उनी आर्थिक अभावका कारण उपचार गर्न नसक्दा अहिले डेरामै थन्किएकी छन् ।
उपचारमा रकम अभाव भएपछि उनका श्रीमानले आर्थिक सहयोगको लागि अपिल गरेका छन् । उनको उपचारमा हाल सम्ममा १ लाख ८० हजार रकम खर्च भईसकेको छ ।

उनका श्रीमानले उपचार रकम अभाव भएपछि श्रीमती बचाउन सहयोगको अपिल गरेका हुन् ।  उनका श्रीमानले आफ्नी श्रीमती बचाई दिन अनुरोध गरेपछि मोरङ बेलवारीका सामाजिक अभियन्ता सुजन कुमार घलेले कविता विक बचाउ अभियान सुरु गरेका छन् ।

जती सक्दो चाडो उपचार गराउनु पर्ने र औषधीले निको हुन नसके दुबै मृगौला फेर्नु पर्ने चिकित्सकले सुझाएको उनका श्रीमानले बताए । श्रीमानका अनुसार मृगौला दिने मान्छे भएमा प्रत्यारोपणका लागि ४० देखी ५० लाख खर्च लाग्ने छ ।
उनका १२ र १० बर्षका दुई छोरा छन् ।

सहयोग गर्न चाहानु हुनेहरुले उनका श्रीमानसंग सम्पर्क गर्न सक्नु हुनेछ ।
सम्पर्क मोबाईल नं. ९८१७९७१९९६

प्रतिकृया दिनुहोस्