RaraNews

जागरण मिडिया प्रकाशित : २०७७/१/१२ गते
१२४७ पटक

अर्घाखाँची : अर्घाखाँचीमा एक जना युवालाई छिमेकीले निर्घात कुटपिट गरेका छन् । जिल्लाको मालारानी गाउँपालिका वडा नम्वर ५ अलसामारी पोखरा गाउँका अन्दाजी २० वर्षीया हिमाल परियारलाई छिमेकी चुरामणि खनालले निर्घात कुटपिट गरेका हुन् ।

जग्गाको साँध सिमानाका विषयमा विवाद निकाल्दै खनाल कुटपिटमा उत्रिएएको घाइतेका दाजु पदम परियारले बताए । ‘उहाँले हाम्रो परिवारलाई दलित भन्दै जथाभावी गाली गलौज गर्दै आउनुभएको छ । हिजो भाईलाई कुटपिट गर्दा टाउकोमा ५ वटा टाँका लगाउनुपरेको छ’ परियारले भने(‘अहिले बुटवलको चौराह अस्पतालमा ल्याएर उपचार गराइरहेका छौं ।’

यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक प्रकाश खत्रीसँग बुझ्दा घाईतेलाई बुटवल रिफर गरिएको र कुटपिट गर्ने खनाललाई गए राती नियन्त्रणमा लिई बुझ्ने काम भइरहेको उनले बताए ।

प्रतिकृया दिनुहोस्