RaraNews

सनिउल्ला धोबी प्रकाशित : २०७७/१/१२ गते
२३०८ पटक

कपिलवस्तु : कपिलवस्तुको मायादेवी गाँउपालिका वडा नं १ पकडीमा एक दलित महिला माथि निर्घात कुटपिट भएको छ । पकडी निवासी बर्ष ४० की अनिता पासीलाई स्थानिय चार जानले तल्लो जात हो भन्दै कुटपिट गरेका छन ।

सडकमा धुलो उडेपछी पानी छर्किने विषयामा विवाद हुदा अनितालाइ निर्घात कुटपिट गरिएको हो । पकडीका सानाहे यादव, हरिराम यादव, बडकी ताकियाही र छोटकी तकियाही भन्नेले निर्घात कुटपिट गरको पिडित अनिता पासीले बताउनु भयो ।

यही बैशाख ७ गते आइतबारका दिन दिउसो हवा चालेको बेला सडकको धुलो उडेपछी अनिताले बाटोमा पानी छर्किदा किन पानी छर्केको त तल्लो जातले पानी छर्किनु हुदैन भन्दै यादव परिवारले अनितालाई कुटपिट गरेका थिए ।

अनिताले सडकमा पानी छर्किदा किन पानी फालेको तिमि पासिनी दलित अछुत सडकमा पानीफाले पछि त्यो पानी हाम्रो खुट्टामा लाग्छ जसले मलाई र मेरो परिवारलाई अशुभ हुन्छ भन्दै गालीगलौझ गरी कुटपिट गरेको पिडित अनिताले बताउनु भयो ।

पिडित अनिता विधवा महिला भएकोले पटक पटक उनी अन्ययमा पर्दै आएकी बताइन । यस विषयमा अनिताले जिल्ला प्रहरी कार्यालयमा उजुरी समेत दिएकी छिन ।

घटनाका विषयमा अनुसन्धान भइरहेको र दोषी भए जातीय छुवाछूत कानुन बमोजिम कारवाही हुने जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुनिल मल्लले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्