RaraNews

जागरण मिडिया प्रकाशित : २०७७/१/११ गते
२२८१ पटक

काठमाडौ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गीले बिपन्न,गरिब,दैनिक ज्यालादारी मजदुरहरुको व्यवस्थापन महानगरपालीकाले गर्ने जनाउनु भएको छ । उहाँले बन्दाबन्दीको पालना गर्न आग्रह गर्दै खानाका लागि कोहि पनि जोखिम मोलेर यात्रा नगर्न पनि अनुरोध गर्नभयो ।

उहाँले बन्दाबन्दी लम्बिदै जादा बिपन्न,गरिब,दैनिक ज्यालादारी मजदुरहरुलाई अफ्ट्यारो परेकाले त्यस्ता समुदायहरुलाई सम्बोधन गर्न साप्ताहिक रुपमा राहत वितरण पनि गर्दै आएको जानकारी दिनु भयो । “हामीले बिपन्न,अशक्त,दैनिक ज्यालादारी मजदुरहरुसंगै काठमाडौ महानगरपालिकाको हकमा दुईकोठाको घर छ तर अरु आम्दानीको स्रोत नभएकाहरुलाई पनि राहतको व्यवस्था गरेका छौ ।” उहाँले भन्नु भयो ।

काठमाडौ संघिय राजधानी भएकाले पनि अध्ययन,पेशा व्यवसाय र रोजगारका लागि मानिसहरु आउने भएकाले कहीकतै राहत नपुगको हुन सक्छ । तर उहाँहरुले नजिकैको वडा,प्रहरी प्रशासनको सहयोगमा आएर समस्या राखे महानगरपालिकाले सम्बोधन गर्ने बताउनु भयो । “हामीले महानगरपालिकाका सबै घरबेटीलाई अनुरोध गरेका छौ, यदि तपाईको घरमा बिपन्न,अशक्त,दैनिक ज्यालादारी मजदुरहरु भाडामा बस्नु हुन्छ र उहाँहरुलाई खानको लागि समस्या भए वडामा सम्र्पक गर्न भनेका छौ । ” उहाँले भन्नु भयो ।

उहाँले काठमाडौमा अध्ययनरत बिद्यार्थीहरुको बारेमा बरु ध्यान पुग्न नसकेको भन्दै अब यहाँहरुको बिषयमा पनि ठोस निणर्य गर्ने जानकारी दिनु भयो । उहाँले महानगरपालिकाले बिभिन्न संघसंस्थाहरुको सहकार्यमा काम गरेको पनि बताउनु भयो । बन्दाबन्दीको पालना गर्नका लागि बिपन्न,गरिब,दैनिक ज्यालादारी मजदुरहरुको व्यवस्थापनमा महानगरपालिका जुटिरहेको बताउनु भयो

प्रतिकृया दिनुहोस्