RaraNews

जागरण मिडिया प्रकाशित : २०७६/१२/२८ गते
१४८७ पटक

स्वच्छ व्यवसायी समूह नेपालले उद्योग व्यवसायमा कार्यरत श्रमिकलाई ६ महिनाको तलबको ५० प्रतिशत रकम अनुदान स्वरुप प्रदान गर्न सरकारसँग माग गरेको छ । कोरोना भाइरसको महामारीले विश्वभर छाएको आर्थिक मन्दिका कारण व्यवसाय संकटमा पर्नुका साथै आफुहरुसँग आबद्ध चालिस हजार भन्दा बढी श्रमिक तथा कर्मचारी समस्यामा परेको भन्दै यस्तो माग गरेको हो ।

स्वच्छ व्यवसायी समूह नेपालमा आबद्ध २६ मध्ये २४ संस्थाहरु निर्यातमुखी व्यवसायमा संलग्न छन् । गएको वर्ष त्यी संस्थाहरुले १ अर्ब २६ करोड बराबरको हस्तकला, चिया, कफिलगायतका समग्री निर्यात गरेका थिए । कोरोनाका कारण यो २० प्रतिशत निकासीको माग बदर भएको र यो वर्ष गएको वर्षभन्दा आधाले व्यापार घट्ने उनीहरुको प्रक्षेपण छ ।

यसले गर्दा त्यस्ता उद्योग व्यवसाय पूर्ण रुपमा धरासयी हुने अवस्था नजिक पुगेको भन्दै समूहले सरकारसँग ८ बुँदे माग राखेको छ । उद्योग व्यवसायलाई कारोबारको आधारमा बिना धितो २ प्रतिशत ब्याजदरमा कम्तिमा १ वर्ष चालु पुँजी वापत ऋण उपलब्ध गराउन पनि समूहले माग गरेको छ । यस्तै, वृद्धाश्रम, अनाथ आश्रम, पुर्नस्थापना केन्द्र र निःशुल्क अस्पतालहरुमा आश्रीत हुने सम्पूर्ण पछाडि पारिएका समूदाय, सेवाग्राही र उनीहरुलाई सेवा प्रदान गर्ने संघ संस्था र अस्पताललाई विशेष राहतको व्यवस्था मिलाउन पनि माग गरिएको छ ।

समूहले नेपालका ३५ जिल्लाका लघु तथा साना उद्योगहरु एवं साना किसानहरुले उत्पादन गरेका वस्तुहरु विश्व बजारमा निकासी गर्दै करिब १० हजार जनालाई प्रत्यक्ष रोजगारी दिँदै आएको छ । अहिलेको परिस्थितिमा ती लघु उद्यमीहरुलाई भुक्तानी दिन नसक्दा उत्पादन समेत थन्किरहेको छ । यसले भविष्यमा बेरोजगारीको समस्या अझै भयवह बनाउने समूले जारी गरेको अपिलमा उल्लेख छ ।

COVID-19_Appeal.from.Fair Trade Group Nepal.1

प्रतिकृया दिनुहोस्