RaraNews

जागरण मिडिया प्रकाशित : २०७६/१२/२० गते
८५८ पटक

दलित आन्दोलनका नेता उदयराम आउजीको ८५ वर्षको उमेरमा बुधवार धनगढी उप महानगरपालिका बंगरामा रहेको आफ्नै निवासमा निधन भएको छ ।

दलित समुदयको आर्थिक,सामाजिक,शैक्षिक र राजनैतिक हक अधिकारका लागि निरन्तर क्रियाशिल रहनुभएका आउजीको निधनले सिगो दलित समुदायलाई अपूरणीय क्षती भएको भन्दै बिभिन्न संघसंस्थाले भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

स्व.नेता आउजी मानव अधिकार,दलित अधिकार,भूमि अधिकार सामाजिक न्याय, र सिमान्तकृत समुदायको हक अधिकार सुनिश्चितताका लागि विगत लामो समय देखि निरन्तर क्रियाशिल हुनुहुन्थ्यो ।

आउजी दलित समुदायका पुराना नेता र राष्ट्रिय प्रजातन्त्र पार्टीका कैलालीका सस्थापक सदस्य हुनुहुन्थ्यो । उहाँ पहिलो संविधानसभा निर्वाचनको समानुपातिक सासंदको उम्मेदवार पनि रहनुभएको थियो । त्यस्तै उहाँ बिभिन्न संघसंस्था आवद्ध भएर पनि काम गर्नु भएको थियो ।

उहाँ राष्ट्रिय दलित आयोग,राष्ट्रिय दलित नेटवर्क,चन्द्र पशुपति रैका स्मृति प्रतिष्ठान लगायत विभिन्न्न सरकारी एवं गैरसरकारी निकायहरुवाट समेत सम्मानित हुनुभएको थियो ।

 

प्रतिकृया दिनुहोस्