RaraNews

जागरण मिडिया प्रकाशित : २०७६/१२/१९ गते
१२५६ पटक

कोरोना भाईरको संक्रमण नफैलियोस भनेर अहिले सबै जना घरमै बसेका छौ । कतिपय कार्यालय,स्कुल,कलेहरु बन्दछन । घरमा सबै परिवार जम्मा भएर बस्दा कतिपय महिलालाई भने भान्सा समाल्नेकि बच्चाहरु समाल्ने चिन्ताले पिरोलेको छ ।

हुन पनि चिया,खाजा,खाना,घरको सरसफाई र चकचके बच्चाहरुलाई समाल्दा झनै कामको बोझ थपिएको छ । गाउँघरको अबस्था अझै दर्दनाक छ । भान्सा,बालबच्चा,घाँसदाउरा,मेलापात गर्नु पर्छ ,अझै पनि पितृ सत्तात्मक हाम्रो समाजमा घरभित्रको काम,बालबच्चाको रेखदेख महिलाको पोल्टामै पर्छ । अभिनेत्रि संचिता लुईटेलले बन्दाबन्दीको बेलामा बालबच्चाको रेखदेखको अनुभव राख्नु भएको छ ।

अहिले त घरमै छौ । मैले आफ्ना बच्चाहरुलाई बिशेष सरसफाईमा जोड दिन्छु । बाहिरबाट घर भित्र आउदा पानी छोएर आउनु,हातखुट्टा छोएर आउनु पर्छ भन्ने संस्कार पहिला हाम्रै थियो । त्यो चिजलाई हामी बिर्सदै गएको हो । अहिले हामी त्यहि ठाउँमा पुगेका छौ ।

हामीले बच्चाहरुलाई माया गरेर हातले मुछेर खाना खुवाउने गछौ अब यसलाई परिर्वत गर्न जरुरी छ ।अहिले कोरोना भाईरसको माहामारी फैलिएको छ त्यसै चम्चाको प्रयोग गरौ । धेरै जनाले भन्नु हुन्छ बच्चाहरुले स्कुलमा त खाईरहेको हुन्छ अब घरमा कस्तो खाने कुरा खान दिने भन्नुहुन्छ । अहिले खासमा शक्ति दिने खानाहरु खुवाउने ,तागत दिने खाना खुवाउने,घाटीलाई सुख्खा नराख्ने । मेरा बच्चा बिहान चाडैनै उठ्छन अनि उनीहरुसंगै म पनि योगा गर्छु । बच्चाहरुसंगै आमा पनि बच्चा हुन जरुरी छ । तिम्रो उमेरमा म पनि यस्तो गर्थे भनेर अनुभव सुनाउदा बच्चाहरु सजिलै मान्छ । त्यस्तै बच्चालाई भान्सामा पनि संगै लैजाने साना – साना कुरा सिकाउने,बडारकुडार गर्दा संगसंगै गर्न लगाने गर्छु ।

अहिलेको समयमा बच्चाहरुलाई भित्रमात्रै राख्नु हुन्न बाहिर नगए पनि बिहानको घाममा घरको छत,कौशि अथवा आगनमा खेलाउने गर्नुपर्छ । डाक्टरहरुको सुझाव अनुरुप नै मैले पनि त्यहि गर्दै आएकी छु । सकेसम्म मनोरञ्जनमा पनि जोड दिनुपर्छ । पुराना गीत गाउन लगाउने जसले गर्दा भाषामा सुधार हुन्छ ।

घर बाहिर निस्कने कुरामा प्राय सबैको घरमा झगडा पर्छ । कोरोना के हो भनेर पनि सामान्यरुपमा थाहा दिनुपर्छ । कोरोना सम्बन्धी समाचारसंगै राखेर देखाउने जसले गर्दा सरकारको नियम रहेछ भनेर बच्चाहरु पनि जानकार हुन्छन । यो बेलमा आमा साथी बन्न सक्नुपर्छ । बच्चाको उमेर नै चकचक गर्ने,खेल्ने,उफ्रने उमेर हो ,भित्र बस्दा गाह्रो हुन्छ त्यसैले उनीहरुसंगै रमाउनु पर्छ । बाबा आमाले पनि यो बेलामा बच्चालाई समय दिने अनुभव बाड्ने गर्दा बच्चाले जिउने कला पनि सिक्छ ।

(कट्वाल रेडियो पत्रिकामा गरिएको कुराकानीको आधारमा)

प्रतिकृया दिनुहोस्