RaraNews

जागरण मिडिया प्रकाशित : २०७६/१२/१८ गते
९६६ पटक

विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीको चपेटोमा श्रमजीवि मजदुरहरु परेको भन्दै मजदुर नेताहरुले चासो देखाएका छन । तत्काल राहत प्याकेजको जरुरी भएको कुरा राख्दै आएका श्रमिक नेता र प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेलवीच टेलिफोन वार्ता भएको छ ।
मुख्यमन्त्रीसँगको वार्तामा मजदुरहरुलाई संकटमा पर्न दिन नहुनेमा बताईएको श्रमिक नेता कमल गौतमले बताउनुभयो । उनले संकटका बेला मजदुरहरुका लागि तीन वटै तहका सरकार तथा उद्योगपतिहरु गम्भीर बन्नुपर्नेमा आफूले जोड दिएको जानकारी दिनुभयो ।

छलफलका क्रममा मुख्यमन्त्री पोखरेलले प्रदेश सरकार यस विषयमा संवेदनशिल रहेको बताउनु भएको थियो । जिफन्टका उपाध्यक्ष तथा प्रदेश पाँचका इन्चार्ज गौतमले प्रदेश पाँचमा संगठीत क्षेत्रमा ४३ हजार र असंगठित क्षेत्रमा ७५ हजार मजदुर रहेको भन्दै मजदुरहरुको हितमा उद्योगपतिहरु लाग्नुपर्ने कुरामा जोड दिनु भयो ।

उद्योगपतिहरुलाई बढी जिम्मेवार बनाउनुपर्छ भन्नेमा छलफल भएको भन्दै तीन वटै तहका सरकारहरुले मजदुरहरुको हितमा कार्यक्रम ल्याउनुपर्ने धारणा राख्नु भयो ।

संकटमा मजदुरहरुलाई पर्न दिन नहुने र यसका लागि समस्यामा रहेका मजदुरहरुले वडा कार्यालयहरुमा सम्पर्क गर्न र उनीहरुलाई राहतको ब्यवस्था मिलाउने बारे छलफल भएको छ । समस्यामा परेकाहरुलाई वडा कार्यालय मार्फत राहत ब्यवस्थागर्न जिफन्टका नेताहरु लागि पर्ने भन्दै नेता गौतमले समस्यामा परेका मजदुरहरुलाई सम्पर्क गर्न आग्रह समेत गर्नुभएको छ ।

पछिल्लो समय सरकारले मजदुरहरुको समस्यालाई सम्बोधन गर्न नसकेको भन्दै चौतर्फि आलोचना पनि भैरहेको छ ।

प्रतिकृया दिनुहोस्