RaraNews

जागरण मिडिया प्रकाशित : २०७४/९/१९ गते
२९५४ पटक

डोटी  । 

मंगलबार मात्रै सरकारले सात वटै प्रदेशको खाका तयार गरेपछि त्यसबारे असन्तुष्टीहरु बाहिर आएका छन् । प्रदेश राजधानी तोक्ने बिषयमा विबादित प्रदेशमध्ये सात नम्बर प्रदेशमा त्यसको प्रभाव बढि देखिएको छ । सात नम्बर प्रदेशको अस्थायी राजधानी धनगढी हुने भएपछि त्यसको बिरोध गर्दै बिहानै देखि डोटीमा बिरोधका बिभिन्न कृयाकलाप भइरहेका छन ।

प्रदेश नम्बर ७ को राजधानी डोटीको दिपायल हुनुपर्ने माग गर्दै अनिश्चितकालीन डोटी बन्दको आव्हान समेत गरिएको छ ।
बन्दको कारण आज बिहानै देखि सिलगढी र दिपायलमा पसलहरु पुर्णरुपमा खुलेका छैनन भने नारा बाजि जारि नै रहेको डोटीबाट पत्रकार मिलन परियारले जानकारी दिए ।


“हाम्रो अधिकार खोस्न पाईदैन, डोटी राजधानि कायम गर”  भन्ने नाराका साथ एकसाता अघिदेखि डोटीको दिपायलमा चरणबद्ध आन्दोलन हुदै आएको छ । अनिश्चितकालीन डोटी जिल्ला बन्द गर्ने निर्णय भने बुधबार बिहान बसेको प्रदेश नंं ७ को राजधानी दिपायल संघर्ष समितिको बैठकले गरेको हो ।
संघर्ष समितिका सदस्य दिपक बहादुर खड्काले पहाडको अधिकार खोस्ने गरी प्रदेश ७ को अस्थायी राजधानी तराईको धनगढी तोक्न लागिएकाले संघर्षमा उत्रिएको बताए । उनले भौतिक पूर्वाधारदेखि भौगोलिक दूरीका हिसाबले पनि दीपायल प्रदेश राजधानीका लागि उपयुक्त भएको दाबी गर्दै दिपायल राजधानी नभएसम्म अनिश्चितकालीन डोटी बन्द जारि नै रहने जानकारी दिए ।

प्रतिकृया दिनुहोस्