RaraNews

जागरण मिडिया प्रकाशित : २०७४/९/१९ गते
१६८५ पटक

धनुषा ।

जनकपुर उपमहानगरपालिका-१ स्थित दलित बस्तीमा कलाकार सिताराम कट्टेल(धुर्मुस)ले न्यानो कपडा बाँडेका छन् । शीतलहरले जनजीवन कष्टकर बनेको दलित बस्तीमा बुधबार बिहान मुसहर, डोम, मेस्तर र चमार समुदायलाई उनले न्यानो ब्ल्याङ्केट वितरण गरेका हुन् । सञ्चार माध्यममा चिसोले प्रभावित भएको जानकारी पाएपछि न्यानो लिएर आएको कलाकार कट्टेलले बताए।

बाढीले डुबेको बस्तीमा जोडोले समस्या भएको जानकारी आएपछि सेवा गर्न धुर्मुस सुन्तली फाउण्डेशनबाट सहयोग लिएर आएको छु,’ उनले भने,‘तराई डुबेको बेला मन भावुक भएको थियो । आज फेरी आउँदा दलित बस्तीको आवस्था जस्ताको त्यस्तै पाएको छु । दु:खमा रहेका बस्तीलाई सेवा गर्न पाउदा आनन्द प्राप्त भएको छ ।’

दलित बस्तीको बृद्धबृद्धा र बालबालिका कामिरहेको बेला न्यानो लुगा ब्ल्याङ्केट दिएर सेवा गर्ने अवसर प्राप्त भएको छ,’ उनले भने । बुधबार बिहानै शीतलहरले बस्ती ढाकिएको बेला दलित बस्तीमा ब्ल्याङ्केट लिएर पुगेका धुर्मुसलाई स्थानीयले स्वागत गरेका थिए ।

डुबानमा परेको बेला चामल, च्युरा र चिसोले थलिएको बेला न्यानो ब्ल्याङ्केट लिएर आएका कट्टेललाई स्थानीयले घरको व्यवस्था गरिदिन आग्रह गरेका थिए । कलाकार कट्टेलले जनकपुर-८ स्थित बविर अनाथ आश्रममा बालबालिकाका लागि समेत न्यानो ब्ल्याङ्केट वितरण गरेका थिए ।

 साभार- कान्तिपुर

प्रतिकृया दिनुहोस्