RaraNews

जागरण मिडिया प्रकाशित : २०७४/९/१९ गते
१८०० पटक

हुम्ला ।

(फाईल तस्बिर)
केहि दिन अघि अत्याधिक रुघाखोकीका कारण हम्लाको ताजाकोट गाँउपालिका स्थित वडा ५ मा २ जनाको मृत्यु भएको छ । रुघाखोकी लागेपछि समयमै औषधी उपचार नपाउदाँ तिन दिनको फरकमा दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ५९ बर्षीय नन्दकला परियार र २६ बर्षीय रत्नादेवी परियार रहेका छन् । मदना स्वास्थ्यचौकीमा औषधी अभाव भएपछि उपचार नहुदाँ उनिहरुको मृत्युभएको हो ।
स्थानीय स्वास्थ्यचौकीमा सामान्य औषधीको समस्या भएकाले चिसोको बेला दलित, महिला, बालबालिका र बृद्धबृद्धाहरु विभिन्न रोगकको सिकार भइरहेका छन् । हुम्ला लगाएत सुदुरपश्चिमका हिमाली भेगमा अत्याधिक चिसो हुने र हिउँ समेत पर्ने भएकाले उनीहरु चिसोका कारण रुखाघोकि, ज्वरो, झाडापखा, आउँ जस्तो रोगको सिकार भइरहेका छन् ।
सामान्य विरामी भए पनि अस्पताल जानु पर्छ भन्ने चेतनाको कमिले गर्दा रोग पालेर बसीरहेका छन् । यसका साथै स्वास्थ्यचौकी गइहाले पनि औषधी नपाईने भएकाले त्यहाँका स्थानीयलाई धेरै समस्या हुने गरेको छ ।

प्रतिकृया दिनुहोस्