RaraNews

जागरण मिडिया प्रकाशित : २०७६/१०/२२ गते
११६४ पटक

रुपन्देही जिल्लाको माया देबी गाउपालिका वार्डन– ७ बेथरीमा भएको महायज्ञमा जातिय बिभेद भएको छ । त्यहाँका दानबिर तथा चमार समुदायले विभेदमा परेको गुनासो गरेका हुन । उनीहरुले महायज्ञमा लाग्ने सबै खर्च आफुहरुले उठाएको र मन्दिर निमार्णका लागि जग्गा दान गरे पनि आफुहरुलाई भोज खाने र बनाउने बेलामा विभेद गरिएको बताएका छन ।

चमार समुदायले आफुहरुलाई पानी नचल्ने जात , चमारले छोएको खाएमा देबी माता रिसाउने जस्ता आरोप लगाउदै आफुहरुलाई भोज भतेरमा समेत रोक लगाईएको बताएका छन । गैर दलितहरुले आफुहरुलाई अपमान गरिरहेको स्थानिय पिडित झिनक हरिजनले बताउनु भयो । हरिजन अनुसार आफुहरुले पैसा , चामल, दाल, नुन सबै खर्च जुटाएको तर भोजका लागि खाना बनाउने बेलामा सहभागि नगराएको , आफुहरुलाई छुट्टै खाना खान बसाएको र जातिय गाली गरेको बताउनु भयो । घटना सार्वजनिक भए संगै बिभिन्न माध्यमबाट आफुलाई धम्कि आउने उहाले बताउनु भयो ।साथै न्याय दिलाउन सबै सम्बन्धित निकायलाई आग्रह गर्नु भएको छ ।

यसरी एक्कईसौ शतब्दीमा जातको आधारमा विभेद गर्नु दुखद भएकाले कानुन अनुसार कारवाही गर्न दलित अधिकारकर्मीहरुले माग गरेका छन । घटना सार्वजनिक भए पछि बिभिन्न सरोकारवालाले विरोध गर्नुका साथै ध्यानाकर्षण भएको जनाएका छन् ।यता मायादेबि गाउपालिका अध्यक्ष धुब्र चन्द्र थारुले भने घटना बारे थप कुरा बुझेर मात्र प्रतिक्रिया दिने बताउनुभएको छ ।

प्रतिकृया दिनुहोस्