RaraNews

जागरण मिडिया प्रकाशित : २०७६/४/१३ गते
१३६८ पटक

एउटी नेपाली महिलाको यो गाँथामा वेदना त छ तर साथसाथै उनीहरुको हिम्मत र संघर्ष पनि छ । जातभातको विभेद शदियौं देखि हाम्रो समाजमा काँढा झैं बिझेको छ, यसका पीडाका असह्य चोटहरु पुस्तौं पुस्ताले सहन गरेका छन् । यो कथा वर्दिया जिल्लाको तेपारी गाँउको हो, जहाँ दलित महिलाहरुले जातभात र असमानता बिरुद्धको संघर्षका लागि दलित महिला उत्थान संस्थान गठन गरेका छन् । यस संस्थाले जातीय विभेद बिरुद्धको यस लडाँईमा दलित महिलाहरुको आर्थिक सशक्तिकरणमा बिशेष ध्यान दिँदै जिविकोपार्जन सिप, ब्यवसाय अनि लघुवित्त सञ्चालन लगायत महिलाहरुको क्षमता अभिवृद्धि गर्ने जस्ता कामहरु गर्दै आएको पाइन्छ ।

नेपाली गाँउहरु अझै पनि पुरुषप्रधान समाज, गरिबी, अवसरहरुको कमी अनि लैगिंक विभेदका अन्य आयामहरुले ग्रस्त पाइन्छन् । यी सबै कुराहरुको त्रासमा अर्को एउटा गैरमानविय त्रास र बिभेद सदासर्वदा उभिएको पाइन्छ, त्यो हो जातीय विभेद । नाम पछाडिको थर र अन्य धेरैवटा बिषयगत बिभेद अनि सामाजिक सामन्तवादको सुरक्षाले अझै पनि जातीय विभेदलाई प्रश्रय दिइरहेकै छ, चाहे स्वरुपहरु फरक किन नहोस् तर पीडा भनें उस्तै नै छ । वर्दिया जिल्लाको तेपारी गाँउ भारतको सिमासंग खासै पर छैन, यहाँ अधिकांश दलित परिवारहरु न्यून जग्गा भएका या जग्गा नै नभएका अति विपन्न परिवारका छन् । यसका अलावा कृषिकार्यका लागि पर्याप्त सिँचाईको सुविधा पनि यस गाँउमा छैन, यसका कारणले यस गाँउका बासिन्दाका लागि जिविकोपार्जनका बिकल्पहरु स्वभावत कम भएर जान्छन् । दलित महिला समुहले यसै कुरालाई मध्यनजर गर्दछ र महिलाहरुको समानता र आर्थिक सशक्तिकरणमा टेवा पूर्याउन बिभिन्न जिविकोपार्जनका सिपहरु दिने तालिम सञ्चालन गर्दछ ।

अहिले यस गाँउका अधिकाशं दलित महिलाहरु बाखा्रपालन, सुँगुरपालन जस्ता ब्यबसायमा आवद्ध छन् । यस पेशा दलित महिलाहरुले पहल्यै देखि गरिआएका हुन तथापि यस तालिम पश्चात यस पेशालाई ब्यवसाहिक रुपले गर्न र सुँगुर र बाखा्रहरुका लागि बैज्ञानीक रुपमा प्रभावकारी अन्नका खानेकुराहरु बनाउन र पोषणयूक्त खानकीले जनावरहरुको बिकासमा बिशेष टेवा पूर्याँउदछ । सरिता सुनुवार ले बाख्रा र सुगुँर पालनको तालिम दिने र बिशेष यस बिषयमा चाहिएका बेला समुदायमा सहयोग गर्ने गर्नुहुन्छ । जनावरहरुलाई पोषणयूक्त खानकीको ब्यबस्था, तयारी देखि जनावरहरुको स्वास्थोपचार र सुरक्षासम्मका कुराहरुमा सरिता बिशेषज्ञ हुनुहुन्छ ।सरिताका अनुसार दलित महिलाहरुलाई जनावर पालनमा मात्र नभई बजार पहुँचका लागि पनि तालिम दिइएको छ, सरिताका अनुसार दलित महिलाहरुको जातिय विभेद विरुद्धको संघर्ष जारी छ र सामाजिक समानता र विभेदको अन्त नहुन्जेलसम्म यो यूद्ध जारी नै रहन्छ । आर्थिक सशक्तिकरणको समबन्ध समानतासंग निकै धेरै छ र यसकुरालाई आत्मसाथ गर्दे दलित महिला समाजले आर्थिक जिविकोपार्जनका सिपहरुमा बिशेष ध्यान दिएको सरिताको भनाई छ ।

सरिता र उन्का श्रीमान रुवेन दुईजना नाति नातिनाका हजुरबुवा र हजुरआमाहरु हुन् । पुरुषप्रधान समाजमा लैगिंक विभेदको अन्त गर्दै लैगिंक समानता कायम गर्न आर्थिक सहभागीता र जिविकोपार्जनका क्रियाकलापहरुको बिशेष भूमिका रहन्छ र जिविकोपार्जन सीपका कारणले समग्र परिवारको जिवनको गुणस्तर बढेर जाने र सामाजिक उन्नतीमा प्रभाव पार्ने देखिन्छ ।

यी जिविकोपार्जन सिपहरु अभिवृद्धि गर्ने परियोजनामा इएलसीए नामक ग्लोवल मिसनको एलडब्लु आर नामक नेपाली संस्थासंग साझेदारी रहेको छ । सामाजिक बिकासमा प्रत्यक्षरुपमा आर्थिक क्षमता बढाउने जिविकोपार्जनका सिपहरुमा केन्द्रित कार्यक्रमले निकै सकारात्मक असर पारेको पाइन्छ । महिलाहरुमा जिविकोपार्जन सिपको बढोत्तरी नै लैगिंक समानताको प्रमुख कडि हो ।

चन्द्रन पाल मार्टिन को डायरी बाट
अनुवादः सुयोग ढकाल

प्रतिकृया दिनुहोस्