RaraNews

जागरण मिडिया प्रकाशित : २०७६/३/२४ गते
१३३९ पटक

डडेलधुरा सदरमुकामको बजारमै छाउपडी गोठ भेटिएको छ। बजार छेउमा रहेको अमरगढी नगरपालिका–५ का विभिन्न गाउँका दर्जनौँ घरमा छाउगोठ भेटिएका हुन्।

यस क्षेत्रमा जिल्लाकै विभिन्न गाउँपालिकाबाट सदरमुकाम आई बसोवास गर्ने धेरै छन्। घरका अभिभावकले आफ्ना छोरीबुहारीलाई बस्न घरभन्दा अलि टाढा छाउपडी गोठ बनाएका छन्।

धेरैजसो उपल्लो समुदायका महिला छाउगोठमा बस्छन्। महीनावारी भएका बेला घरमा बसे देवीदेउता रिसाएर अनिष्ट हुने भन्दै घरका अभिभावकले छोरीबुहारीलाई बस्न अलग्गै छाउपडी गोठ बनाएका हुन्। असुरक्षित रहेका यी छाउगोठमा महीनावारी भएका महिलालाई ५/६ दिनसम्म राख्ने गरिन्छ।

सदरमुकाममा रहेको बजार छेउमै कुरीतिका रूपमा रहेको छाउगोठ भेटिएपछि महिला अधिकारकर्मीले आश्चर्य व्यक्त गरेका छन्। एक्काइसौँ शताब्दीमा पनि सदरमुकाम नजिकैका अधिकांश गाउँमा अझै महिलालाई महीनावरी भएको बेला छाउगोठमा राखेर पशुसरह व्यवहार गरिएको महिला अधिकारकर्मीले बताएका छन्।

डडेल्धुरा सदरमुकाम बागबजार, तुफानडाँडा, खलङ्गा, कीर्तिपुर र पोखरा बजारका क्षेत्रमा महीनावारी भएका बेला बस्ने कोठा अथवा छाउगोठ कायमै रहैको महिला अधिकारकर्मी इन्दिरा ताम्राकारले बताइन्।

यो खबर हामीले नेपाल खबरबाट साभार गरेका हौं ।

प्रतिकृया दिनुहोस्