RaraNews

जागरण मिडिया प्रकाशित : २०७६/३/१३ गते
१४०८ पटक

इन्द्रेणी ग्रामिण विकास केन्द्र कपिलबस्तुले नागरिक समाजको भूमिका अभिवृद्धिका लागि साझेदार संस्थाहरुबीच कपिलबस्तुको बाणगंगामा अन्तरक्रिया कार्यक्रम गरेको छ । सिमान्तकृत समुदायको सामाजिक तथा आर्थिक सशक्तिकरण परियोजना अन्तर्गत गरिएको उक्त अन्तरक्रियामा नागरिकहरुले प्राप्त गर्नुपर्ने अधिकार नपाएको गुनासो गरेका थिए ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरुका रुपमा महिला तथा सिमान्तकृत समुदायको उपस्थित भएपनि त्यो प्रभावकारी हुन नसकेको बताए । कार्यक्रममा संस्थाका अध्यक्ष शुभलव भुसाल, कार्यकारी निर्देशक प्रदीप शाह, कपिलबस्तु संयोजक लक्ष्मीनाथ ज्ञवाली,परियोजना संयोजक रामबहादुर बुढा, गैरसरकारी संस्था महासंघ कपिलबस्तुका अध्यक्ष प्रविण कुमार श्रीवास्तव, स्थानीय समुदायका अगुवाहरुले बोल्दै नागरिक समाजको भूमिका सक्रिय हुँदा मात्रै नागरिक अधिकार स्थापित हुने बताएका थिए ।

प्रतिकृया दिनुहोस्