RaraNews

जागरण मिडिया प्रकाशित : २०७६/३/३ गते
१६२० पटक

बुटवल । प्रदेश नम्बर ५ सरकारले ल्याएको आर्थिक बर्ष ७६÷७७ को बजेटमा दलित समुदायको परम्परागत सिप प्रवद्र्धनका लागि २ करोड बजेट छुट्याएको छ । मुख्यमन्त्री शंकर पोखरेलले सार्वजनिक गरेको बजेटमा दलित समुदायको पेशा व्यवसायलाई प्रवद्र्धन गर्नका लागि भगत सर्वजीत शिल्प व्यवसाय प्रबद्र्धन कार्यक्रमका लागि २ करोड विनियोजन गरेको उल्लेख छ ।

यसैगरि सामुदायिक विद्यालयमा अध्ययनरत मुक्त कमैया, कमलरी, मुस्लिम र दलित समुदायका छात्रालाई कक्षा ११ र १२ मा अध्ययनका लागि मासिक एक हजारका दरले छात्रवृत्ति उपलब्ध गराउने भएको छ । गत बर्ष दलितका पक्षमा बजेट नै नआएको भन्दै सत्तासिन सांसदहरुले असुन्तुष्टि जाहेर गरेपछि यो पटक भने दलित समुदायको उत्थान र जनचेतनाका कार्यक्रम गर्न समेत सरकारले बजेट छुट्याएको छ । दलित एव्म पिछडिएको जाती तथा अपाङ्गहरुका लागि जग्गा रजिष्ट्रेशन शुल्कमा आधा छुट हुने व्यवस्था बजेटमा गरिएको छ ।

दलित एवं पिछडिएको जाति तथा अपाङ्ग भएकाले स्थानीय सरकारबाट प्रमाणित भएकोे सिफारिस वा आधिकारिक प्रमाणको आधारमा तिनीहरुको नाममा स्वामित्व प्राप्त हुँदा आर्थिक ऐन बमोजिम असुल गरिने घरजग्गा रजिष्ट्रेशन शुल्कमा पचास प्रतिशत छुट हुने व्यवस्थालाई निरन्तरता दिइएको छ । यो कार्यक्रम गत बर्ष पनि लागू भएको थियो । यसैगरि दलित तथा सिमान्तकृत समुदायहरुका लागि उद्यमशिल सिप विकासका तालिमहरु सञ्चालन गर्न बजेट छुटयएको छ ।

कुमाल जातिको माटोको भाडा बनाउने ब्यवसायको प्रबद्र्धधन तथा आधुनिकीकरण गर्न र विपन्न, महिला, दलित, मुक्त कमैया, कम्लरी, माझी, कुमाल हलिया तथा सीमान्तकृत वर्ग र समुदायहरु लक्षित उद्यमशील तथा सीप विकास तालिमहरु सञ्चालन गर्न बजेट व्यवस्था गरिएको वक्तब्यमा उल्लेख छ । जातीय छुवाछुत विरुद्ध सचेता सहित विभिन्न जनचेतनामूलूक कार्यक्रमका लागि २ करोड बजेट छुट्याइएको छ । बजेटमा परम्परागत आरनको आधुनिकरण गर्नका लागि समेत बजेट छुट्याइएको छ । दलित समुदायका सिपलाई प्रबद्र्धन गरेर रोजगारीको वातावरण बनाउने अभियानमा सरकार लागेको मुख्यमन्त्री पोखरेले बताउँदै आएका छन । सत्तासिन दलित समुदायका सांसदहरुले भने बजेटले केहि भएपनि सम्बोधन गर्न सकेको प्रतिक्रिया दिएका छन । प्रदेश ५ ले आगामि आर्थिक बर्षका लागि ३६ अर्ब ४१ करोड ६८ लाख बराबरको बजेट ल्याएको छ ।

प्रतिकृया दिनुहोस्