RaraNews

जागरण मिडिया प्रकाशित : २०७६/२/२७ गते
२१८० पटक

धाराको पानी छोएको निहुँमा आफूलाई गाली गरेको भन्दै काठमाडौं डाँछीका राजकुमार सार्कीले स्थानीय सुनिल सापकोटालाई खुकुरी प्रहार गरेका छन्। शनिबार साँझ नगरकोटीले सार्कीलाई पानी छोएकामा गाली गरेका थिए।

विवादमा रिस थाम्न नसकेर सार्कीले खुकुरी प्रहार गरेको महानगरीय प्रहरी अपराध महाशाखामा स्वीकार गरेका छन्। घाइते नगरकोटीको जोरपाटीस्थित मेडिकल कलेजमा उपचार भइरहेको छ।

प्रहरीले आइतबार बिहान सार्कीलाई पक्राउ गरेको छ। महाशाखा प्रमुख एसएसपी सहकुल थापाले भने, ‘पक्राउ परेका सार्कीले आरोप स्वीकार गरिसकेका छन्। थप अनुसन्धानको जिम्मा बौद्ध प्रहरीलाई दिइएको छ।’

यो समाचार हामीले अन्नपूर्णपोष्टबाट साभार गरेका हौं ।

प्रतिकृया दिनुहोस्