RaraNews

जागरण मिडिया प्रकाशित : २०७४/९/१७ गते
२३६१ पटक

अछाम ।

आफू दलित भएकै कारण दुई चार जनाको अगाडि बोल्न नसक्ने अछामका दलित महिलाहरु आजभोलि दलित अधिकारका लागि आवाज उठाउन थालेका छन्। जिल्लाको कुल जनसंख्याको २७ प्रतिशत जनसंख्या ओगट्ने दलितहरुले विभिन्न समयमा सामाजिक रुपमा अपहेलना सहनुपरेको भन्दै दलित महिलाहरु जगरूक हुन थालेका हुन्। ग्रामीण क्षेत्रमा महिलाहरुलाई यहाका केही सामाजिक संघ संस्थाले अभिमुखीकरण तालिम दिएपछि आफ्ना अधिकार तथा दलितसम्बन्धी ऐन कानुनबारे फरर भन्न सक्नेसमेत भएका छन्।

जिल्लामा जातीय विभेद अन्त्यका लागि सहकारी, संघ संस्था तथा समूहहरु बनाएर दलित अधिकारकर्मीहरुले काम गरिरहेका छन्। विभिन्न तालिमहरु पाएसँगै आपूmमाथि हिंसा भएमा के गर्ने भन्नेमा जानकारी पाएको बताउँछन पञ्चदेवल विनायक नगरपालिका ४ का रिना नेपाली। दलितहरुको पक्षमा काम गर्ने सामाजिक संस्था दलित सेवा संघले अछामका साविकका ५ वटा गाविस अर्थात् विभिन्न स्थानीय तह गरी ५ वटा वडामा दलित महिलाका सवाल र समस्या  पहिचानका लागि कार्यक्रम गरिरहेको छ।

उक्त संस्थाले पञ्चदेवल विनायक नगरपालिकाको वडा नम्बर ४ लाई जातीय विभेद अन्त्य भएको नमुना वडा बनाउने अभियानका साथ काम गरिरहेको छ। समाजिक संघ संस्थासँगै स्थानीय तहबाट दलितहरुका समस्याको सम्बोधन भइरहेको छ। दलित महिलाहरुका लागि आपूm प्रतिबद्ध  रहेको पञ्चदेवल विनायक नगरपालिकाका उपप्रमुख अम्बिका चलाउनेले बताइन्। रुढिवादी परम्पराले ग्रसित बनेको अछाममा जातीय विभेद अन्त्यका लागि युवा पुस्ताले पनि क्रियाकलापमा सक्रियता देखाएका छन्।
साभार- http://thahakhabar.com/news/28944

प्रतिकृया दिनुहोस्