RaraNews

जागरण मिडिया प्रकाशित : २०७४/९/१७ गते
१३९८ पटक

रामेछाप ।

जातिय विभेद गरेको आरोपमा ४ जनालाई जरिवाना र पीडितलाई क्षतिपूर्ति दिने फैसला भएको छ । रामेछापको गोकुलगंगा गाउँपालिका ४ बेतालिका का ४० वर्षीय कृष्णकुमार बिश्वकर्मालाई मन्दिर प्रवेशमा रोक लगाएर जातीय विभेद गर्ने सोही स्थानका ४ जनालाई जिल्ला अदालतले आइतवार यस्तो फैसला सुनाएको हो ।
बिश्वकर्मालाई गत वर्ष माघ २२ गते स्थानीय शेराकाली मन्दिरभित्र प्रवेश गरेको भन्दै मन्दिरका पूजारीहरु छत्रबहादुर बुढाथोकी र भीमबहादुर बुढाथोकीले ५ हजार रुपैयाँ जरिवाना गराइ रुद्री समेत लगाएका थिए ।
सो कार्य गराउन निर्देशन दिने सोही स्थानका गुञ्जबहादुर कार्की र मकरनाथ जोगीलाई पनि अदातलतले उतm दण्ड सजायको भागिदार बनाएको छ । उनीहरुलाई जनही २ हजार रुपैयाँका दरले जरिवाना गरेको छ भने अदालतले पीडित बिश्वकर्मालाई पीडकहरुबाट २५ हजार रुपैयाँ जरिवाना भराउने आदेश दिएको छ ।

प्रतिकृया दिनुहोस्