RaraNews

जागरण मिडिया प्रकाशित : २०७६/२/२० गते
२०२८ पटक

दलित पत्रकाहरू संगठित भएका छन्। राजधानीमा भेला आयोजना गरी उनीहरूले ‘राष्ट्रिय दलित पत्रकार संघ नेपाल’ गठन गरेका हुन्। शनिबार भएको दलित पत्रकारहरूको भेलाले वरिष्ठ पत्रकार विनोद पहाडीको अध्यक्षतामा २३ सदस्यीय संघ गठन गरेको हो।

संघको उपाध्यक्षमा टीकाराम सुनार र भोला पासवान, महासचिवमा लक्ष्मण दर्नाल, सचिवद्वयमा सन्तोष गन्धर्व र अमर सुनार तथा कोषाध्यक्षमा शुष्मा बराली चयन भएका छन्। यसैगरी सदस्यहरूमा गोपाल बराइली (धनकुटा), बुद्धि विश्वकर्मा (चितवन), मधु शाही (बाँके), भीम घिमिरे (मोरङ), कमला रसाइली (रामेछाप), विष्णु विश्वकर्मा (सुर्खेत), केशव भुल (अछाम), बिरु नेपाली (पाल्पा) छन्।

त्यसैगरी अन्य सदस्यमा दीपक परियार (कास्की), गोमा परियार (बाँके), पर्वत पोर्तेल (झापा), मिलन परियार (डोटी), सोना खटिक (कपिलवस्तु), विनोद परियार (नवलपरासी), लक्ष्मी विश्वकर्मा (झापा) र सरिता बराइली (धनकुटा) चयन भएका छन्। भेलाले उमिद वागचन, रेम विश्वकर्मा, अनिल परियार, जेबी विश्वकर्मा, प्रकाशचन्द्र परियार र निशा विश्वकर्मा सदस्य रहेको सल्लाहकार समिति पनि बनाएको छ।

भेलालाई सम्बोधन गर्दै नवगठित राष्ट्रिय दलित पत्रकार संघका अध्यक्ष विनोद पहाडीले नेपालको दलित आन्दोलन र प्रेस स्वतन्त्रताको आन्दोलनमा दलित समुदायका पत्रकारहरूको सामूहिक पहल कदमीका लागि संघ गठन गरिएको बताए। संघले देशभरका दलित समुदायका सञ्चारकर्मी संगठित गर्ने र पेसागत सुरक्षाका लागि आवाज उठाउने उनको भनाइ छ।

प्रतिकृया दिनुहोस्