RaraNews

जागरण मिडिया प्रकाशित : २०७६/१/१९ गते
१५६८ पटक

गोरखा ।   वैशाख १२ गते बिहानको ११ बज्नै लागेको थियो। भूकम्पको केन्द्रबिन्दु बारपाकमा ठूलो आवाजमा एक व्यक्ति कराएको सुनियो। बुझ्दा थाहा भयो स्थानीय बुदबहादुर गुरुङ भूकम्प स्मृति दिवसको कार्यक्रममा सहभागी हुन गाउँलेहरुलाई सूचना भन्दै थिए ‘सुन गाउँले दाजुभाइ तथा दिदी बहिनी, आज बारपाकमा हुन गइरहेको भूकम्प कार्यक्रममा सभामुख कृष्णबहादुर महरा आएका छन्।

उक्त कार्यक्रममा सबै जना उपस्थित हुनुहोला।’ स्थानीय भाषामा उनले भनेको सूचनाको आशय यस्तो रहेछ। २०३३ सालदेखि बारपाकमा कुटवालको भूमिका निर्वाह गर्दै आएका गुरुङ अहिले ६४ वर्षको भए। पञ्चायत कालदेखि संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्दा राज्य व्यवस्था ठूलो परिवर्तन भए पनि उनको पेशा भने फेरिएको छैन।

‘मैले नभनेसम्म गाउँलेले अरुको कुरा पत्याउँदैनन्’ गुरुङले भने  ‘वडा कार्यालयले समेत मलाई नै सूचना भन्न लगाउँछ।’ करिब १५ सय घरधुरी रहेको बारपाकमा हुने सभा समारोह, जडीबुटी खोल्ने, दाउरा काट्ने, महिला तथा आमा समूहको सूचना गाउँलेलाई सुनाउने, मानिस मर्दापर्दालगायतका काममा कटुवाल लगाउने चलन छ। ‘वडा कार्यालयको योजना र कार्यक्रम पनि मै सुनाउँछु’ उनले भने  ‘पञ्चायतदेखि नै सरकारी सूचना मैले भन्थे, पछि गाबिस र अहिले वडाको पनि मलाई नै लगाउनु हुन्छ।’

यो समाचार हामीले थाहा खबरबाट साभार गरेका हौं ।

प्रतिकृया दिनुहोस्