RaraNews

जागरण मिडिया प्रकाशित : २०७६/१/५ गते
२००९ पटक

नेपाली समाजमा जातीय विभेद र छुवाछूत अहिले पनि उत्तिकै छ । सामाजिक सञ्जालमा यस्ता समाचार प्रत्येक दिन देखिन्छ । यस्ता विभेदलाई बढार्दै नयाँ मान्यता कायम गर्न नेपाली समाजमा जो कोहीले आँट गर्दैन । त्यसैले २१ औं शताब्दीमा पनि जातीय विभेद र छुवाछूत यथावत छ ।

यद्यपि, नवलपुर चोरमारामा एउटा सकारात्मक उदाहरण देखिएको छ । पुरानो सोचलाई त्यागेर एक जोडीले अन्तरजातीय मागी विवाह गरेको छ । अन्तरजातीय विवाह गर्दा परिवार र समाजबाट विस्थापित भएका र विभिन्न बाहनामा छुटाईएका उदाहरण हाम्रो समाजमा थुप्रै छन् ।

तर, २२ वर्षीया विजय विश्वकर्मा र २० वर्षीया प्रमिला मगरले मागी विवाह गरेका हुन् । एउटै गाउँका उनीहरु बाल्यकालदेखिका साथी थिए र एउटै विद्यालयमा पढ्थे । प्रेम सम्बन्ध स्थापित भएपछि विजय र प्रमिलाले विवाह गर्ने निर्णय गरे । जुन निर्णयलाई दुवै पक्षका परिवारले स्विकार गरेपछि उनीहरुको मागी विवाह भएको हो ।

समाज परिवर्तनको सकारात्मक सन्देशको रुपमा लिएर यो जोडीलाई थुप्रैले सामाजिक सञ्जालमा बधाई तथा शुभकामना दिएका छन् ।

यो समाचार हामीले सैघालीखबरबाट साभार गरेका हौं ।

प्रतिकृया दिनुहोस्