RaraNews

फागुन १३ गतेको नयाँ पत्रिकामा “बादी समुदायका अधिकार ओझेलमा गर्ने खतरा” भन्ने शिर्षकमा महेश नेपालीको लेख छापिएको छ ।

दलित आयोगले बादी समुदाय उत्थान विकास समितिले जस्तो दलितका समग्र समस्या समाधान गरी आमूल रूपान्तरण गर्न सक्दैन

जागरण मिडिया प्रकाशित : २०७५/११/१३ गते
२४२५ पटक

बादी समुदाय इतिहासदेखि नै शैक्षिक, आर्थिक, सामाजिक र राजनीतिक विकासको मूल प्रवाहबाट वञ्चितीकरणमा पारिँदै आएको अल्पसंख्यक समुदाय हो । बाध्यात्मक यौन व्यवसायमा संलग्न यस समुदायले यसबाट उत्पन्न समस्याका कारण सामाजिक उत्पीडन, हिंसा, भेदभाव र दुव्र्यवहारको अनेकानेक आक्रमण सहँदै आएको छर्लंग छ । ऐतिहासिक रूपमा भूमिविहीनता, अशिक्षा, गरिबी, बेरोजगारी, स्थायी बसोवासको अभावलगायतले जीवन निर्वाहको विकल्पका रूपमा अपनाएको यौन व्यवसाय र यसबाट उत्पन्न समस्याका कारण बादी समुदायको जीवन कष्टकर बनिरहेको छ । आधारभूत आवश्यकता परिपूर्ति र समुदायको आत्मसम्मान र पहिचान यो समुदाय निरन्तर संघर्ष गरिरहेको छ । राजनीतिक रूपमा आन्दोलनमा सामेल हुनेदेखि बादीमुक्तिकै निम्ति छुट्टै संघर्ष पनि गर्दै आइरहेका छन् ।

https://www.nayapatrikadaily.com/news-details/6984/2019-02-25

प्रतिकृया दिनुहोस्