RaraNews

जागरण मिडिया प्रकाशित : २०७५/५/३ गते
१५३१ पटक

महोत्तरी। नेपालको संविधानमा जातिय रुपमा कसैलाई पनि भेदभाव तथा छूवाछुत गर्न नपाइने ब्यवस्था भएपनि हाम्रो समाजमा मान्छेलाई जातकै कारण पशु भन्दा निच ब्यवहार गर्न छोडेका छैनन्। निजी तथा सार्वजनिक ठाँउमा जातिय रुपमा कसैलाई पनि विभेद गरेमा दण्ड जरिवाना सहित जेल हाल्न सक्नेसम्मको कानून हुँदा पनि विभेद रोकिएको छैन ।

यस्तै एक ज्वलन्त उदाहरण हो महोत्तरीको मनरासिस्वा नगरपालिका, जहाँ अझैं पनि डोम समुदायलाई होटलको भाँडामा खान नदिने गरिएको पाइएको छ । आफूलाई यहाँका कुनै पनि होटलमा बस्न र त्यहाँको भाँडाकुडामा खानेकुरा खान नदिने मनरासिस्वा नगरपालिका-१ मनरा बस्ने प्रगास डोमले बताउनुभयो ।

होटलवालाले आफूहरूलाई बाहिरै उभ्याएर कागजमा खानेकुरा दिने गरेको र दिँदा पनि माथिबाट हातमा पर्ने गरी फालेर दिने गरेको उहाँको गुनासो छ।  होटलमा जाँदा त्यहाँका सञ्चालकले प्रवेश गर्न नदिने र होटलको थाल, कचौरा र गिलासमा खान र पानीसमेत पिउन नदिने गरिएको अर्का पीडित सोगारथ डोमको भनाइ छ।

जलेश्वर-सम्सी सडकखण्डको छेउमै वर्षौदेखि बस्दै आएका डोम समुदायलाई मनरा बजारमा अवस्थित करिब ५० होटलमध्ये कुनै पनि होटल सञ्चालकले सहजपूर्वक खानेकुरा खान नदिने उहाँहरुको गुनासो छ । सरकारले विभेद गर्नेलाई कारवाही गरिनेछ भनेपनि अहिलेसम्म आफुमाथि बर्र्षौ देखि विभेद गर्दै आएकाहरुलाई कसैले यसो नगर भनेर सचेत सम्म नगराएको उहाँहरुको भनाई छ ।

प्रतिकृया दिनुहोस्