RaraNews

जागरण मिडिया प्रकाशित : २०७४/९/१५ गते
१७१३ पटक

काठमाडौं ।


पुर्ब प्रधानमन्त्रि तथा एमाले बरिष्ठ नेता माधव कुमार नेपालले समाजमा सबै भन्दा पिडाको पहिलो सिकार दलित समुदाय भएको बताए । सदियौं देखि दलितमाथि जातका आधारमा गरिने बिभेदले दलित समाजमा सबै भन्दा बढि पिडित र सिकार भएका छन उनले भने ।
काठमाडौंमा आजदेखि सुरु भएको ११औं दलित संसदमा प्रमुख अथितीका रुपमा बोल्दै नेता नेपालले नेपाली समाजमा दलित समुदाय प्रति हेर्ने दृष्टिकोण, संस्कार र सोंचमा परिवर्तन आउनु पर्नेमा जोड दिनु दिए ।
“पूर्ण समानुपातिक समावेशी र सामाजिक न्यायका लागि राजनैतिक प्रतिवद्धता, समृद्धि, समानता र सवल राष्ट्र निमार्णमा दलित समुदायको सार्थक सहभागिता” भन्ने नाराका साथ सुरु भएको उतm दलित संसदमा उनले सामाजिक कुसंस्कारको रुपमा रहेको जातिय छुवाछूत हटाउनमा राज्य स्वयम लाग्नु पर्नेमा जोड दिए । उनले भने, ‘दलितले मन्दिरका ध्वाजा, त्रिशुल बनाउछ पछि ति मन्दिरमा राख्दा उसैले छुन पाउँदैन, घर बनाउँछ पछि उसै घरको आँगन टेक्न पाउँदैन, सिप पसिना चल्छ तर पानी चल्दैन, यो कस्तो चलन हो हाम्रो समाजको ? त्यसैल अब यस्ता कलँक समाजबाट हटाउन सबै राजनैतिक दल, सामाजिक न्यायको क्षेत्रमा काम गर्ने संघ संस्था, समाजका अगुवा, पार्टीका भातृ संगठनहरुका अगुवाहरु नै एकजुट भएर यसका बिरुद्ध लाग्नुपर्छ ।’
आफु प्रधानमन्त्रि हुंदा दलित समुदायका लागि थुर्पै काम गरेको उल्लेख उनले दलित समुदायको शिक्षामा जोड् दिनुपर्छ भन्दै २ वटा नर्सिङ कलेजको स्थापना रेकोग, जनता आवास कार्यक्रम, प्रहरि कार्यालयमा महिला सेलको स्थापना जस्ता कामहरु गर्न सफल भएको स्मरण गर्दै अझै पनि दलित समुदायको गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टका लागि निरन्तर राज्यलाई दबाब दिई लागि पर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

प्रतिकृया दिनुहोस्