RaraNews

जागरण मिडिया प्रकाशित : २०७५/४/२५ गते
२१२८ पटक

ऋणधन गरेर निम्न पुँजी व्यवसाय थालेका सर्लाही चन्द्रनगरका मदेशी दलितको नयाँ ग्रयास छुवाछूतकै कारण असफल भएको छ । यो समाचार आफूलाई आधुनिक दाबी गर्ने नेपाली समाजको निम्ति दुःखद् मात्र नभई लज्जास्पद् पनि हो । पटकपटक्का पेचिला संघर्षपछि संघीय गणतान्त्रिक बनेको नेपाली राज्य प्रणालीमा दासकालीन भेदभाव बाँकी नै छन् भन्नु जोकोहीका लागि संकोच लाग्ने विषय हो । दलित भएकैले ग्राहक उपेक्षा गरेको र व्यवसाय नै बन्द गर्नु परेको उक्त घटनाले राजनीतिक परिवर्तनको इतिहास रचेको हाम्रो समाजमा सामाजिक र साँस्कृतिक परिवर्तन नभएको जनाउँछ । यो घटनाले अहिलेसम्मको नेपाली राजनीतिक सामाजिक एतिहासमाथि नै गम्भीर भएर सोच्न प्रेरित गर्छ ।

http://annapurnapost.com/news/105133

प्रतिकृया दिनुहोस्