RaraNews

जागरण मिडिया प्रकाशित : २०७५/४/२२ गते
१९७२ पटक

सिरहा, साउन २१ गते। । आर्थिक अभावले विद्यालय जान नसकेका धनगढीमाई नगरपालिकाका दलित समुदायका २२० जना विद्यार्थीलाई झोला वितरण गरिएको छ । धनगढीमाई नगरपालिकाको वडा नं ३ स्थित कुर्बा हनुमाननगर र बनौली, वडा नं ९ स्थित मुसहर्निया तथा वडा नं ११ स्थित नैनपुरका मुसहर बस्तीका २२० जना विद्यार्थीलाई सामुदायिक विकास मञ्चले झोला , पुस्तिका तथा पेन्सिल वितरण गरेको हो । झोला सहित पाठ्यसामाग्री पाउनेहरु सबै हरुवाचरुवा परिवारका हुन ।

प्रतिकृया दिनुहोस्