माहुरी पालन व्यावसाय राम्रो आम्दानीको स्रोत बन्दै

२०७४ माघ १७, बुधबार ०७:५८ मा प्रकाशित

बिमला घर्ती
घोराही, १७ माघ । दाङ जिल्लामा माहुरी पालन व्यावसायीहरुको संख्या बढ्दो अवस्थामा रहेको छ । व्यवसायिक रुपमा माहुरी पालेर कृषकहरुले बार्षिक लाखौं आम्दानी गरिरहेका छन् । बेरोजगारका कारण दिनहुँ जसो बिदेश पलायन भैरहेको समयमा दाङका केही कृषकहरुले माहुरी पालन गरी लाखौ आम्दानी गरिरहेका हुन् । थोरै लगानीमा राम्रो आम्दानी हुने भएपछि कृषकहरु माहुरी पालन व्यावसायमा लगानी गर्न हौसिएका छन् । पछिल्लो समय व्यावसायीक रुपमा माहुरी पालन गर्नेहरुको संख्या बढेको जिल्ला कृषि विकास कार्यालय दाङले बताएको छ । दाङका सबै जसो क्षेत्रमा माहुरी पालन भैरहेको छ ।

SPONSORED

घोराहीका रामहरी शर्माले माहुरी पालन गरी बार्षिक रुपमा १५ देखि १६ लाख रुपैया आम्दानी गर्ने गरेको बताउनुभयो । २०६३ सालवाट एक घारवाट शुरु गर्नुभएको माहुरीपालन व्यावसाय अहिले निकै राम्रो बनेको छ । उहाँले कहिले करिब एक सय ५५ घार माहुरी पालन गरिरहनुभएको छ । गत बर्ष पाँच टन मह उत्पादन गर्नुभएका शर्माले अहिले व्यवस्थापनको अभाबमा तीन टन मह उत्पादन भएको जानकारी दिनुभयो । भागेका माहुरीलाई संरक्षण गर्दे शुरु गर्नुभएको व्यावसाय अहिले उहाँको आयआर्जनको मुख्य स्रोत बनिरहेको छ ।

SPONSORED

थोरै लगानी तथा कम मेहनतबाट राम्रो आम्दानी हुने भएपछि यस तर्फ आर्कषण भएको उहाँको भनाई छ । पछिल्लो समयमा धेरै जसो युवाहरु पलायन भैरहेको समयमा आफुले व्यवसायीक रुपमानै माहुरी पालन शुरु गरेको उहाँको भनाई छ । मानब कल्याण तथा वातावरण संरक्षण समितिमा जागिरेका रुपमा रहनुभएका शर्मा बिगत दुई बर्ष देखि जागिर छोडेर माहुरी पालिरहनुभएको छ । मह उत्पादन तथा बजारीकरणमा समस्या नभएको शर्माले बताउनुभयो । रुपन्देही, कपिलबस्तु लगाएतका ठाउँमा माहुरी चराउनको लागि लैजाने गरेको उहाँ बताउनुहुन्छ । उत्पादीत मह दाङका साथै काठमाडौँ, पोखरा, बुटवल, नेपालगञ्जमा निर्यात गर्ने उहाँको भनाई छ ।

SPONSORED

यस्तै घोराही उपमहानगरपालिका १६ बाहुन डाँडाँकी मायाँ डाँगीले पनि माहुरी पालन व्यावसायवाट राम्रो आम्दानी गरिरहेको बताउनुभयो । एक घारबाट माहुरी पाल्न शुरु गर्नुभएको डाँगीको अहिले पचास घार माहुरी रहेका छन् । यसका साथै उहाँले करिब एक सय पचास घार माहुरी बेचिसकेको बताउनुभयो । मेलिफेरा जातको माहरी पालन गरेको बताउने डाँगीले एक घारको १० केजी उत्पादन हुने गरेको बताउनुभो । केही गरौँ भनेर माहुरी पालन ब्यापसाय शुरु गरेको बताउदै डाँगीले अहिले आम्दानी राम्रो भैरहेको बताउनुभयो । श्रीमान बिदेश भएको समयमा आफुले पनि केही व्यवसाय गरौँ भनेर सुरु गरेको हुँ, उहाँले भन्नुभयो । अब व्यावसायीक रुपमा नै यसलाई व्यवस्थित गर्दै लैजाने उहाँले बताउनुभयो ।

बिगतका बर्षहरुको तुलनामा यस बर्ष मह उत्पादन राम्रो भएको जिल्ला कृषि विकास कार्यालय दाङले जानकारी दिएको छ माहुरी चरन व्यवस्थित गरेका कारण मह उत्पादनमा वृद्धि भएको हो । जिल्ला कृषि विकास कार्यालय दाङका वालि संरक्षण विकास अधिकृत पिताम्बर बस्नेतका अनुसार गत वर्षको तुलनामा यस वर्ष बढी मह उत्पादन भएको छ ।

दाङमा यस बर्ष अहिले सम्म एक सय ९७ दशमलब ४४ मेट्रिक टन मह उत्पादन भएको छ । मेलिफेरा एक सय ७३ दशमलब ७५९ मेट्रिक टन तथा सेरेना जातको माहुरीको मह २३ दशमलब ६८ मेट्रिक टन मह उत्पादन भएको अधिकृत बस्नेतले जानकारी दिनुभयो । जस अन्तर्रगत जिल्लामा ३९ दशमलब ४८८ मेट्रिक टन मह खपत भएको छ, भने जिल्ला बाहिर एक सय ७७ दशमलब ९५१२ टन खपत गरिएको छ ।

दाङमा १० हजार आठ सय ६० मेलफेरा तथा तीन सय २४ सेरेना जातका माहुरीकाक घार रहेका छन् । १० हजार आठ सय ६० मेलिफेरा र दुई हजार नौ सय ६० माहुरीका गोला रहेको अधिकृत बस्नेतले बताउनुभयो । दाङमा आर्थिक बर्ष २०७३÷०७४ मा एक सय ७८ दशमलब ७६ मेट्रिक टन तथा अघिल्लो आर्थिक बर्ष २०७२÷०७३ मा दुई सय ८५ दशमलब शुन्य आठ मेट्रिक टन मह उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

राप्ती पोष्टबाट