रिजम एफपिको ५७ आयोजना सम्पन्न

२०७४ माघ १३, शनिबार १५:५६ मा प्रकाशित

बिमला घर्ती
घोराही, १३ माघ । दाङमा बिगत केही वर्षदेखि सञ्चालन हुँदै आएको साना तथा मझौला कृषक आयस्तर बृद्धि आयोजना (रिजम एफपि)को उपआयोजनाको समीक्षा गरिएको छ । शुक्रवार घोराहीमा उपआयोजनाको अनुदानग्राही, सेवा प्रदायक संघसंस्थाहरु र जिल्ला कृषि विकास कार्यालयको बीचमा अन्तत्र्रिmया तथा प्रगति समीक्षा गरिएको हो ।

दाङ जिल्लामा साना तथा मझौला कृषक आयस्तर बृद्धि आयोजना अन्तर्गत ८१ वटा उपआयोजनाहरु सञ्चालनमा छन् । जसमा ५७ वटा आयोजना सम्पन्न भएको जानकारी दिइएको छ । भने बाँकी संञ्चालन भैरहेको छ । २ सय २९ वटा सहकारीहरुले आवेदन दिएकोमा उनीहरुको अवस्था अध्ययन गरी ८१ वटा छनौट गरी उपआयोजनाका लागि अनुदान बितरण गरिएको आयोजनाका कार्यक्रम निर्देशक गोकर्ण राज अर्यालले जानकारी दिनुभयो । जिल्लाका ८१ वटा सहकारीहरुलाई अनुदान बितरण भएको छ ।

SPONSORED

जसमा तरकारीका २७ वटा, च्याउका १० वटा, माहुरी तथा मह आठ, आलु नौ, बजार केन्द्र पाँच, केरा पाँच, विउ उत्पादन आठ, जडिवुटि एक, मसला बाली सात, सितभण्डारका दुई वटा आयोजनाका लागि अनुदान रकम प्रदान गरिएको हो ।

SPONSORED

उपआयोजनाका लागि जिल्लामा कुल ७९ करोड ४४ लाख ८९ हजार ७ सय ४१ रुपैया लगानी गरिएको छ । जसमा २३ करोड २४ लाख, ३२ हजार ९३ एसियाली बिकास बैङ्ग, पाँच करोड ४० लाख, ९५ हजार तीन सय ६४ नेपाल सरकार, २८ करोड, ६५ लाख, २७ हजार, चार सय ५७ अनुदान रकम, ५० करोड, ७९ लाख, ६२ हजार दुई सय ८४ अनुदान ग्राहीको लगानी गरी कुल ७९ करोड ४४ लाख ८९ हजार ७ सय ४१ रुपैया लगानी गरिएको हो ।

SPONSORED

दाङ जिल्लामा मह तथा महजन्य बस्तुहरुको उत्पादन, बेमौसमी तरकारी खेती उत्पादन बजारीकरण तथा बितरण, कोल्डस्टोर निर्माण, फलफुल जडिवुटी मसला, केरा, च्याउ खेतीका क्षेत्रमा लगानी गरिएको छ ।

समीक्षा कार्यक्रममा वोल्दै उपआयोजना सञ्चालन गर्दै आएका सहकारी संस्थाका सञ्चालकहरुले आफूले सञ्चालन गर्दै आएको कार्यक्रमको बारेमा जानकारी दिएका थिए । करिव २१ वटा आयोजनाका सञ्चालकले आआफ्ना प्रस्तुती राखेका थिए । राप्ती सहकारीका गोविन्द प्रसाद न्यौपानेले सहकारी मार्फत् सानो लगानी, उत्पादनमा रमाउँदै आएकोमा अनुदान प्राप्तपछि जिल्ला र जिल्ला बाहिर समेत आफ्नो उत्पादन पु¥याउनका लागि समेत आफूहरुले काम गरिरहेको जानकारी दिनुभयो ।

यो आयोजानाले जिल्लाका कृषकहरुका क्षेत्रमा उल्लेखनीय भुमिका खेलेको बताउनुभयो । कुन सिजनमा कुन खेती गर्ने, कसरि गर्ने लगाएतका तरिकाहरु संगै अनुदानको रकमले गर्दा कृषकहरुलाई निकै फाइदा पुगेको बताउनुभयो ।

यसैबीच कन्जवार कृषि सहकारी संस्थाकी सिता कुमारी लामिछानेले आयोजना लागु भएदेखि जिल्लाको बृषि क्षेत्रमा प्रबिधिहरु भित्रिएको बताउनुभयो । व्यवसायीक मौरीपालन, व्यवसायीक रुपमा केरा खेती अगाडि बढाउनका लागि केराको बिउ, आलुको बिउ, मौसमी तथा बेमौसमी तरकारी खेती, संकलन केन्द्र र बजारीकरणका लागि काम गर्दै आएको उनीहरुको उहाँको भनाई थियो । त्यसका लागि बैज्ञानिक प्रविधिबाट काम अगाडि बढिरहेको उहाँले बताउनुभयो ।

त्यस्तै कृषि प्राविधिक प्रेम चौधरीले कृषि बिमा आवश्यक भएको बताउदै कृषकहरुलाई कृषि बिमा गर्न आग्रह गर्नुभयो । जिल्लाका कृषकहरु बिमा प्रति आर्कषित हुन नसकेको तर्फ संकेत गर्दे कृषि वालिको बिमा आवश्यक पर्ने बताउनुभएको थियो । बिभिन्न कारणले खेती नष्ट हुन सक्ने र त्यसकारण कृषकको लगानी डुव्ने भएकाले क्षती वाट बच्नको लागि बिमा तर्फ ध्यान दिन पनि उहाँले आग्रह गर्नुभयो ।

जिल्ला कृषि विकास कार्यालयका बरिष्ठ कृषि विकास अधिकृत प्रमुख दीपक शर्माको अध्यक्षता तथा आयोजनाका कार्यक्रम संयोजक गोकर्ण राज अर्याल तथा रास नेपालका संयोजक हरि प्रसाद शर्मा, जिल्ला कृषि विकास कार्यालय दाङका बरिष्ठ कृषि प्रसार अधिकृत भरत पोख्रेलको बिशेष उपस्थितिमा समिक्षा कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रमको सञ्चालन बाली संरक्षण अधिकृत पिताम्बर बस्नेतले गर्नुभएको थियो ।                         राप्ती पोष्टबाट