सरकारले दूग्ध विकास संस्थानलाई मध्यपहाडी र हुलाकी राजमार्गतिर पनि केन्द्रित गराउने

२०७४ पुष १८, मंगलवार १६:०६ मा प्रकाशित

सरकारले दूग्ध विकास संस्थान (डीडीसी)लाई मध्यपहाडी र हुलाकी राजमार्गतिर पनि केन्द्रित गराउने योजना बनाएको छ । विभिन्न क्षेत्रका किसानको गोठमा उत्पादित दूध संकलनमा केन्द्रित संस्थानलाई पशुपन्छी विकास मन्त्रालयले दायरा फराकिलो बनाउन निर्देशन दिएको थियो । सोहीअनुसार मध्यपहाड र तराईमा निर्माणाधीन दुवै राजमार्गमा सेवा विस्तार गर्ने योजना डीडीसीले अगाडि सारेको छ ।

दुवै क्षेत्रमा संयन्त्र विकास, पूर्वाधार निर्माण तथा यन्त्र र उपकरण खरिदका लागि करिब २३ करोड रुपैयाँको कार्यक्रम मन्त्रालयमा पेश गरेको छ । दुवै राजमार्ग नजिकका बस्तीमा उत्पादित दूध खरिद गरी प्रशोधन र बिक्री वितरण गर्ने संस्थानको योजना छ ।

SPONSORED

SPONSORED