२०७७ फागुन ३
विरु पाल्पाली
सडक गाडी गुड्नका लागि हो, न की आन्दोलनको राँको बाल्न । तर सडक हिजो आज मनको आक्रोस पोख्न र रिसको धोको फेर्ने थलो भइदिएको छ । दिनहुजसो तछाँड मछाँड गरी सवारी गुड्ने सडक कहिलेकाही सुनसान पनि भईदिन्छन्, त कहिलेकाँही आन्दोलनको उर्जा थपिन्छन् र आन्दोलनमय भईदिन्छन् । चाहे देशको राजनीतिक अवस्थामा गम्भिर संकट उत्पन्न हुन लाग्दा होस, या आमुल परिवर्तनका लागि । अथवा आम सर्वसाधारण नागरिकको वाँच्न पाउने अधिकार, अभिव्यत्ति स्वतन्त्रता र न्यायका खातिर, राज्यलाई पिडा र चित्कार सुनाउन, सडकमा नहोमीई सुखै छैन ।
कहिले पार्टी पक्ष, कहिले विपक्ष, कहिले सरकारका प्रतिपक्ष, कहिले सत्ता पक्ष त कहिले जनता पक्षका भिडहरुले सडक आन्दोलनमय हुने गरेको छ । तर राजनीतिक आन्दोलनका ठुला भिडमा नागरीकआन्दोलनको भिड भने प्राय ओझेलमा पर्ने गरेका छन् । अझ राज्यपक्षले नागरीकआन्दोलनलाई निष्तेज पार्ने कोशिष गरेको पाईन्छ । जब जब देशमा संक्रमणकालिन अवस्था सिर्जना हुन थाल्छ, देशको संविधान र लोकतन्त्रमाथी कुठराघात गर्ते तत्वहरु उत्पन्न हुन थाल्छन्, तब नागरीक आन्दोलन सडकमा केन्द्रित हुन बाध्य हुन्छन् । र यस्ता आन्दोलनले सरकारलाई ठुलै दबाब पुग्ने गरेको ईतिहाँस पनि साक्षी छन् । यतिखेर नागरीकआन्दोलन अब देशका ठुला राजनीतिक घटनाका परिवेशमा मात्रै नभई, देशमा बढ्दै गएको वेतिथि, हत्या, हिंसा भ्रष्टाचार, र विभिन्न प्रकारका विभेद र महिलामाथी हुने यौनजन्य हिंसा, बलात्कार, हत्या लगाएतका सामाजिक अपराधका मुद्धाहरुमा पनि बोल्न र जोडदार आवाज उठाउन जरुरी छ ।
गत शुक्रबार काठमाडौंको सिंहदर्वार अगाडी भद्रकालीस्थित चोकमा आयोजित प्रतिगमन विरुद्ध, वृहत नागरीक आन्दोलन नामको व्यानर सहितको नागरीकको एउटा भिडले वलात्कार र वलात्कारपछिको हत्याका विरुद्ध ठुलै आवाज चर्कायो । बलात्कार र यौनजन्य हिंसाका घटना, बलात्कार, अनि हत्याका घटना किशोरीदेखी अद्र्ध बैंशे महिला र शिशु वालिका देखी ७० वर्षसम्ममा महिलामाथी पनि हुने अपराधको घटनाले चरम सिमा नाघेपछि, वलात्कारीलाई कारबाही र सजाएको भागीदार बनाउन, दबाब स्वरुप वृहत नागरीक आन्दोलनको भिड सडकमा होमिन बाध्य भएको हो । महिलामाथी हुने वलात्कार र हत्याको घटनामा सरकार मौन बसेको र बलात्कारीलाई कारबाही नगरिएको कारण वलात्कार पछि हत्याको घटना बढेको नागरीकआन्दोलनका महिला अगुवाहरुले दाबी गरेका छन् ।
बृहत नागरीकआन्दोलनमा बोल्ने महिला बत्ताहरुले द्धन्दकालमा मारिएकी मैना सुनुवारदेखी कन्चनपुरकी वलात्कारपछि हत्या गरिएकी निर्मला पन्तसम्म, रुपन्देहीकी अंगीरा पासी देखी, बैतडीकी भागीरथी भट्टसम्म र वझाङकी सम्झना कामीसम्म, वालिका तथा किशोरीको बलात्कार भई हत्या हुँदासमेत सरकार मुकदर्शक र रमिते भएको छ । जस्काकारण अब महिलाहरु कुनै हालतमा चुप लागेर नबस्ने र यसको न्यायनिसाफका लागि आफूहरु सडकबाटै छिनोफानो गर्ने चेतावनी समेत दिएका छन् । त्यसैले बलात्कारीले बलात्कार गरी सबुत मेटाउन, बलात्कारपछि हत्या गरेको, पछिल्ला यी थुप्रै घटनाले सरकारलाई यसको मुल्य चुकाउन निकै गाह्रो पर्ने उनीहरुको दाबी रहेको छ ।
गत माघ ३० गते कान्तिपुर दैनिकमा प्रकाशित एक सामाग्रीका अनुसार, नेपालमा दैनिक सरदर ६ देखि ७ महिला, बालबालिका तथा किशोरीहरु बलात्कृत हुने गरेको तथ्याँक अध्यनले देखाएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार पछिल्लो अढाई वर्षमा ५ हजार ६ सय ३५ महिला, बालबालिका तथा किशोरी बलात्कृत भएका छन् । आर्थिक वर्ष २०७५र०७६ मा २ हजार २ सय ३०, २०७६र०७७ मा २ हजार १ सय ४४ र चालु आर्थिक वर्षको पुससम्म १ हजार २ सय ६० जना बलात्कृत भएका छन् । यस बीचमा बलात्कारपछि हत्या हुनेको संख्या १६ रहेको प्रहरीको तथ्यांक रहेको छ । बैतडीकी भागरथी भट्टको बलात्कारपछि भएको हत्या घटनाले यो संख्या १७ पुगेको छ ।
वलात्कारका घटनामा सरकार नालायकी वा वेवारीसे भईदिएकै कारण आम महिला नागरीकर यससँग सम्बन्धित पक्षले महिलामाथि हुने हिंसाविरुद्ध बृहत् नागरीकआन्दोलनको तयारी गरी, गत शुक्रकार “सिंहदर्बार महिला मार्चपास” र्यालीको आयोजना गर्यो । बलात्कारका घटना बढिरहदा यसको रोकथाम तथा न्यूनीकरणको प्रयास नगरेको भन्दै काठमाण्डौको वसन्तपुरबाट सुरु गरेको बृहत् नागरीकआन्दोलनको “सिंहदर्बार महिला मार्चपास” र्याली सिंह दरबारको मुलगेट अगाडी भद्रकाली पुगी कोणसभामा परिणत भएको थियो ।
सिंहदरबार महिला मार्चपासमा बृहत नागरीकआन्दोलनका महिला अगुवा हिमा विष्ट, रजनी मिला, डा. अर्चना थापा, मोहना अन्सारी लगाएतले बलात्कारका घटनामा सरकार रमिते बन्न नपाउने र यसको हिसाब किताव गर्न आफुहरु सडकबाटै चुनौती दिन तयार रहेको बताएका छन् । कार्यक्रममा कविता तथा शिल्पी थियटरको नाटकको प्रस्तुत पनि बलात्कारी विरुद्धको खबरदारीमा केन्द्रित भएको थियो ।
त्यसैले महिलामाथीको बलात्कार र बलात्कार पछिको हत्याका घटनामा सरकार निकम्पा भई यसको संख्या गनेर बस्नुको सट्टा यसको निकासका लागि बलात्कारीलाई कानुनी दायरामा ल्याउन कडा भन्दा कडा ऐन कानुन निर्माण गर्नु अहिलेको पहिलो आबश्यकता हो । जसरी एसिड आक्रमण विरुद्ध ऐन कानुन निर्माण भयो । बलात्कारी विरुद्धको कानुन निर्माण गरी महिलाको आत्मसम्मानपुर्ण बाच्न पाउने अधिकारको सुनिश्चितताका लागि, सुरु गरौं, हरेक नागरिकको पहरेदारी पनि, खबरदारी पनि, आजैबाट पहल गरौं, घरैबाट सुरु गरौं ।