RaraNews

जागरण मिडिया प्रकाशित : २०७५/३/३२ गते
१३७८ पटक

काठमाडौं । केपी अनमोल ।
कानून न्याय तथा संघिय मामिला मन्त्रि शेर शहादुर तामाङ्ले जातिय विभेदबारे भएका दण्ड सजायको ब्यवस्था अप्रयाप्त रहेको बताउनु भएको छ । जातिय विभेद गर्नेलाई कडा सजायको ब्यवस्था नहुंदा समाजमा अझै पनि दलित समुदायमाथि गम्भिर अपराधहरु भइरहेको उहाँको भनाई थियो । जागरण मिडिया सेन्टरले असार २९ र ३० गते काठमाडौंमा अयोजना गरेको दुईदिने ‘राष्ट्रिय दलित सांसद मञ्च–ःदलित भविष्यका लागि विमर्श, राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै मन्त्रि तामाङले मान्छे सबै बाराबरी भएपनि अझै समाजमा जातका आधारमा दलित समुदायमाथि अमानविय ब्यवहार हुदै आएको बताउनु भयो ।

जातिय विभेदबारे अझै कडा कानूनको ब्यवस्था हुन जरुरी छ, मन्त्रि तामाङले भन्नुभयो, ‘जब कानून कडा हुन्छ तब अपराधहरु कम हुन्छन, त्यसैले जातिय विभेद र छुवाछूतको परम्परा जरैदेखि हटाउन अब बन्ने कानूनहरु प्रभावकारी र अझै कडा बन्नेमा म विश्वास दिलाउन चाहन्छु । यसका लागि कहाँनिर संशोधन आवश्यक छ, त्यसबारे छलफल गरेर मलाई दिनुहोला, त्यो संबोधन हुनेछ ।’

संविधानको ब्यवस्था अनुरुप अब बन्ने कानूनहरुको मस्यौदा साउनको पहिलो साता आउने र त्यसपछि आवश्यक छलफल गरि अर्को चरणमा जाने समेत उहाँले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्