RaraNews

जागरण मिडिया प्रकाशित : २०७५/३/२८ गते
१४०६ पटक

काठमाडौ – नेपाल सरकारद्वरा स्थापित भगत सर्वजित मानव मर्यादा राष्टिय पुरस्कारबाट तीन स्रष्टाहरु सम्मानित हुनु भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयले बुधबार अयोजना गरेको राष्ट्रिय तथा प्रादेशिक पुरस्कार वितरण समारोहमा दलित आन्दोलनका अगुवा पद्यलाल विश्वकमा, दलबिर रसाईली र लेखक तथा राजनीतिक विश्लेषक राजेन्द्र मर्हजन जनही एक लाख रुपैयाँ सहित मानव मर्यादा राष्टिय पुरस्कार (२०७५)  बाट सम्मानित हुनुभएको हो । नगदसहित उक्त सम्मान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदान गर्नु भएको थियो  ।

को हुनुहुन्छ भगत सर्वजित ?

बाग्लुङ जिल्लाको मुलपानी गाउँ विकास समिति स्थित गैरा गाउँमा विःस १९५० मा भगत सर्वजित विश्वकर्मा जन्मिनु भएको थियो ।
जागरण अभियानमा पुर्णतः बन्देज लागेको जहाँनिया राणा शासनमै भारत गएर गहन अध्ययन, चिन्तन र मनन गरी सामाजिक एवम् राष्ट्रिय जागरणको अभियानमा निकै ठुलो योगदान पु¥याउनु भयो । सानैदेखी अध्ययनशील,तार्किक र विद्रोही स्वभावका हुनुहुन्थ्यो, भगत सर्वजित । स्थानिय जनतावीच रगरगेका नामबाट सुपरिचित भगत सर्वजित हिन्दु धर्मग्रन्धको अध्ययन पछि आफ्नो नामका अगाडी भगत र नामको पछाडि बृञ्ची लेख्न थाल्नुभएको थियो । उहाँको मृत्यु भारत प्रवासमा रहँदा वि.स २०१२ सालमा थियो ।

के के गर्नुभयो  भगत सर्वजितले ?
समाजमा हुने कुनै पनि अन्याय र भेदभावका विरुद्ध जागरुक भइहाल्ने भगत सर्वजितले अतिजातिवादी हिन्दु वर्ण व्यवस्थाको खिलाफमा व्यवस्थित लडाई लड्नका लागि धार्मिक एव्म शास्त्रिय अध्ययन गर्ने र तर्क खोज्ने अठोट बोकेर भारतको बनारस गई हिन्दु धर्मग्रन्धका बेद,उपनिषद, स्मृति आदीको गहन अध्ययन गर्नुभएको थियो ।

उहाँले आफ्नो सक्रियतामा बाग्लुङ जिल्लाको हिलियापानीमा भारतबाट अध्ययन गरी बोर्ड पेन्सनमा फर्किनु भएको मास्टर हिक्मतसिंह विश्वकर्माको सहयोग लिई दलितहरुका लागि विद्यालय स्थापना गर्नुभएको थियो । जुन विद्यालय अहिले श्री विश्वकर्मा उच्च माध्यमिक विद्यालयको रुपमा कायमै छ ।

नेपालमा जातपात र छुवाछुतको उत्पीडनबाट उत्पीडित दलित समुदायलाई मुक्ति दिलाउनका निम्ति वि.स १९९७ सालमा नै विश्व सर्वजन संघ नामक संगठन स्थापना गरी उक्त आन्दोलनलाई संगठित र संस्थागत रुपमा अगाडी बढाउन उहाँले ऐतिहासिक महत्वको काम गर्नुभएको थियो ।साभार- दलितअनलाईन

प्रतिकृया दिनुहोस्