RaraNews

जागरण मिडिया प्रकाशित : २०७५/३/२५ गते
२६०८ पटक

कैलाली । बलात्कारपछि हत्या गरिएकी कैलालीकी माया बिकका हत्यारालाई फाँसीको माग गर्दै हजारौं जनता सडकमा उत्रिएका छन् । कैलालीको मसुरीयामा हजारौंको सख्यामा स्थानीयहरु ‘माया बिकका हत्यारालाई फाँसी दे’ भन्दै प्ले कार्ड सहित सडकमा उत्रिएका हुन ।

मायाको हत्या भएको सोमबार १३ दिन पुगेको तिथिमा स्थानियबासीले संयुक्त श्रद्धाञ्जली सभा गर्दै हत्यारालाई फाँसीको सजाय हुनुपर्ने भन्दै प्रदर्शनमा उत्रिएका हुन । बलात्कारपछि अमानविय ढंगले मायाको हत्या भएको र अहिले अपराधीहरुलाई राजनीतिक पहुंचमा बचाउने चलखेल सुरु भएको भन्दै त्यसको प्रतिवादमा उत्रिएको मायाका दाजु रमेश बिकले जागरण मिडिया डटकमलाई जानकारी दिनुभयो ।

सामाजिक सचेतना महिला संजाल कैलालीको आयोजनामा भएको दबाव र्यालीमा स्थानिय अधिकारकर्मी, बुद्धिजीवी, शिक्षक शिक्षिका, बिधार्थी, सर्बसाधारण, संचारकर्मी लगायत हजारौं सहभागिहरुले  ” बलात्कारीलाई फाँसी दे, पीडितलाई क्षतीपुर्ती दे, जिल्लामा शान्ती सुब्यवस्था कायम गर ” लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए । श्रद्धान्जली सभामा बोल्ने अधिकांसले अपराधीहरुलाई कानूनमै संशोधन गरेर भए पनि फाँसीको सजाय हुनु पर्ने जोडदार माग गरेका थिए ।

 

गौरीगंगा नगरपालिका वडा न. ११ बरही कटानकी १९ बर्षिय माया बिकको असार १२ गते उनकै सहकर्मी लगायत पाँच जनाले गाँउकै जंगलमा लगि बलात्कारपछि हत्या गरेका थिए ।

असार १२ गते गाँउमा नगरपालीकाको घरधुरी तथ्याङ्क संकलन गर्दै गर्दा माया कार्यस्थलबाटै बेपत्ता भएकी थिईन भने उहाँको शव असार १५ गते भेटिएको थियो ।

बलात्कारपछि मायाको हत्या गरेको भन्दै प्रहरीले मायाका सहकर्मी गणेश बडुवाल र सुरज चौधरी सहित मनोज बोगटी, तपेन्द्र बोगटी र भुवन खाती गरि पाँच जनालाई प्रक्राउ गरि सर्वस्वसहित जन्म कैद सजायको माग गर्दै कैलाली जिल्ला अदालतमा मुद्धा दायर गरिसकेको छ ।

पो पनि पढ्नुहोस,

माया बिकको बलात्कारपछि हत्या गर्ने ५ जना पक्राउ,सर्वस्वसहित जन्म कैद !

प्रतिकृया दिनुहोस्