RaraNews

केपी अनमोल प्रकाशित : २०७५/३/६ गते
२२५४ पटक

पर्बत । आफ्नो सुरक्षा र्गाड दलित भएको थाहा पाएपछि सिडिओ कार्यालय पर्बतबाट हटाईएका प्रहरी हवल्दार कविराज बिक पुन: सिडिओ कार्यालयमा हाजिर हुनुभएको छ ।

पर्बतका प्रमुख जिल्ला अधिकारी (सिडिओ ) गुरु दत्त ढकाललाई आफ्नो सुरक्षार्थ खटिएका प्रहरी हवल्दार दलित भएको थाहा पाएपछि हटाइएको आरोप लागेको थियो ।

सिडिओ कार्यालय जस्तो राज्यको प्रमुख निकायमा नै सिडिओ बाटै जातिय विभेद भएको घटनाको चौतर्फी बिरोध भएपछि आज (बुधबार) देखि पुन: प्रहरी अवल्दार बिकलाई सिडियोको सुरक्षार्थ कार्यालयमा खटाईएको हो ।

आज बिहानै देखि आफु सिडिओ कार्यालयमा हाजिर भएको कुरा प्रहरी हवल्दार बिकले जागरण मिडिया डटकमलाई जानकारी दिनुभयो । सिडिओ कार्यालयबाट दलित भनि प्रहरीलाई हटाईयो भन्ने कुराको चौतर्फी आवाज उठ्न थालेपछि यो बिषय साम्य गर्नका लागि आफुले प्रहरी हवल्दार कविराज बिकलाई पुन: कार्यालयमा सुरक्षाका लागि पठाएको पर्बतका प्रहरी प्रमुख (डिएसपी) दिलीप घिमिरेले जागरण मिडिया डटकमलाई फोनमार्फत बताउनुभयो ।

जिल्लामा शान्ती सुरक्षा कायम गर्ने, देशको कानुन कार्यान्यवन गराउने लगायतका महत्वपुर्ण काम हुने सिडिओ कार्यालयमा नै प्रहरीमाथि जातिय विभेद भएको खबर बाहिर आएपछि त्यसको बिरोध हुदै आएको थियो ।

घटना के थियो ?
पर्वतका प्रमुख जिल्ला अधिकारी (सिडिओ ) गुरुदत्त ढकालको सुरक्षार्थ खटिएका गार्ड प्रहरी हवल्दार चक्रबहादुर थापा बिदामा गएपछि जिल्ला प्रहरी कार्यालय पर्वतले प्रहरी हवल्दार कविराज विकलाई सिडिओको सुरक्षार्थ खटाएको थियो । तर सिडियो ढकालले आँफुलाई कार्यालयमा बोलाएर आफ्नो सम्पुर्ण विवरण लिएपछि असार दुई गते सोही दिन नै जिल्ला प्रहरी कार्यालयमा फिर्ता पठाएको थियो ।

आफु दलित भएको थाहा पाएको दिन नै कार्यालयबाट हटाइएकाले आफुमाथि जातिय विभेद भएको हवल्दार बिकले संचारमध्यमहरुलाई जानकारी दिनुभएको थियो ।
उक्त घटना संचार माध्यमहरुमा आएपछि पर्वतका प्रहरी प्रमुख डिएसपी घिमिरेले यस अघिका सिडिओका गार्ड प्रहरी हवल्दार कृष्ण घर्ती मगरले आफुलाई नै गार्ड राख्न भनसुन गरेपछि हवल्दार बिकलाई फिर्ता बोलाइएको कुरा संचारमाध्यमलाई बताउदै आउनु भएको थियो।
तर हवल्दार घर्ती केही समय अघि मात्रै प्रमुख जिल्ला अधिकारीको गार्डबाट फिर्ता भएर कुस्मा नगरपालिका ५ स्थीत प्रहरी बिटमा इन्चार्जका रुपमा खटिसकेका थिए ।

स्मरण रहोस, पर्बतका सिडिओ ढकाल पर्वत पुगेको १ महिनामा ३ जना सुरक्षा गार्ड परिर्वतन भैसकेका छन् । यस कुराले पनि प्रहरी हवल्दार बिकमाथि सिडिओ कार्यालयमा जातिय दुब्र्यहार भएको पुष्टी हुन्छ । आफ्नो सुरक्षा गार्ड कसलाई राख्ने भन्ने अधिकार सिडिओ स्वयमलाई भएपनि एक महिना मै तिन जना सुरक्षा गार्ड परिर्बतन हुनु अचम्म होईन र  ?

प्रतिकृया दिनुहोस्