RaraNews

केपी अनमोल प्रकाशित : २०७५/२/२७ गते
२१८५ पटक

सांसद रातो कामी – प्रदेशमा असमानता चुलिएको छ । उत्पीडित समुदाय माथी जाइलाग्ने कुरा हो भने यसको प्रतिवाद हुने र गहिरो मुल्य चुकाउनु पर्नेछ । समानता खातिर जनताले बलिदान गरीसकेका छन अब फेरि रगत बगाउनु नपरोस ।

सांसद दान सिंह परियार– जातिय बिभेदको नाममा हत्या गरिने यस्ता घटनाहरु आइन्दा सुन्न नपरोस र जनप्रतिनीधिको हैसिएतले सार्कीलाई शहिद घोषणा गरियोस ।

सांसद सिता कुमारी नेपाली– ‘मान्छे भएर बाँच्न पाउने अधिकार छ कि छैन ? मना सार्की हत्याको षियलाई अन्यत्र मोडीदैछ भन्ने सुन्नमा आएको छ । त्यस्तो नहोस् । पीडकलाई अविलम्ब कारबाही गरियोस् ।

सांसद राजु नेपाली–  पानी छोएकोमा मारिनु पर्ने कस्तो व्यवस्था हो ?

सांसद पद्मा खड्का–  वडा सदस्य मना सार्कीको घटनाले महिलाहरु असुरक्षित छन् भन्ने कुरा देखाएको औंल्याउँदै छानविन गरी वस्तुनिष्ट कुरा बाहिर ल्याउन समिती गठन गर्न माग ।

सांसद कौशिलावति खत्री–  समतामुलक समाजको निर्माणको अभियानमा जुटीरहँदा मना सार्की माथी भएको घटनाले आफुहरु स्तब्ध र त्रसीत भएको ।

सांसद कुर्मराज शाही–  घटनाको प्रकृति, अन्तरबस्तु जे भएतापनि आवेगमा मृत्युदण्ड दिइएको कुरा अकल्पनीय र खेदजनक छ ।
सांसद अम्मर थापा–  तत्काल कारबाहीको निम्ति सरकारको ध्यानाकर्षण गराए ।

सांसद पदम बहादुर रोकाय– मना सार्कीको घटनाका अपराधिलाई कडा कारबाहीको लागी माग गरे ।

शुक्रबार कर्णाली प्रदेशको दोस्रो अधिवेसनको दशौं वैठकमा विशेष समय लिएर सांसदहरुले यस्तो बताएका हुन ।

कालिकोटको नरहरिनाथ गाउँपालिका वडा नम्बर–९ की दलित महिला सदस्य मना सार्कीको यही जेठ १९ गते राती छिमेकी राजीन्द्रा शाही र सिर्जना शाहीले पानीको धारा छोएको भन्दै जातीय गालीगलौच गर्दै ढुङ्गा, लाठीले कुटेर हत्या गरेका थिए । मृतकका छोरा पदम सार्कीले कर्तव्य ज्यानमा किटानी जाहेरी दिएपछि जिल्ला प्रहरी कार्यलयले मुद्दा दर्ता गरि अनुसंन्धानका लागि दुबै आरोपितलाई हिरासतमा राखेको छ । सार्की हत्याको अहिले देशब्यापी बिरोध र दोसीलाई कहैसम्मको कारवाहीका लागि आन्दोलन भइरहेका छन् ।

प्रतिकृया दिनुहोस्