RaraNews

मना सार्कीका हत्यारालाई कारवाहीका लागि देशब्यापी आन्दोलनको घोषणा

काठमाडौ केन्द्रीय प्रतिनिधी मण्डल कालीकोट जाने निर्णय

केपी अनमोल प्रकाशित : २०७५/२/२७ गते
१३४८ पटक

काठमाडौं । कालिकोटकी मना सार्कीका हत्यारालाई हदैसम्मको कारवाहीका लागि देशब्यापी आन्दोलनको घोषणा गरिएको छ । दलित आन्दोलन काठमाडौं केन्द्रले संघर्षका देशब्यापी कार्यक्रम घोषणा गरेको हो ।

आन्दोलनका कार्यक्रम अनुसार जेठ २७ गते काठमाडौंबाट घटनाबारे प्रेश बिज्ञप्ती निकाल्ने, सम्पुर्ण दलित संघसंस्थाहरुको अगुवाईमा जेठ २८ गते देशका ७७ वटै जिल्ला प्रशासन कार्यालय मार्फत गृहमन्त्रिलाई ज्ञापन पत्र बुझाउने,  नेपाल कम्युनिष्ट पार्टिका महासचिव र नेपाली कांग्रेसका महामन्त्रीलाई भेटेर मना सार्कीको हत्या गर्नेलाई कानुन सम्मत कडा कारवाहीका लागि वातावरण तयार गर्न आग्रह गर्ने लगायतका आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

साथै मना सार्कीको श्रद्धाञ्जली सभा कालीकोटमा आयोजना गर्न काठमाडौ केन्द्रीय प्रतिनिधी मण्डल कालीकोट जाने निर्णय समेत भएको दलित अगुवा तिलक परियारले जानकारी दिनुभयो ।

गत जेठ १९ गते राती स्थानिय गैरदलितको कुटाईबाट वडा सदस्य सार्कीको मृत्यु भएको थियो ।
राती साढे आड बजेतिर आफ्नै खेतवारी बाट तरकारी लिएर पानीको धारामा पखाल्दै गरेको अवस्थामा नजिकै छिमेकी कम्मर शाहीका छोरीहरु राजिन्द्रा शाही (२५) र श्रृजना शाही (२१) ले धाराको पानी छोएको निहुँमा ढुंगा र पैयुंको लाठ्रोले टाउकोमा निर्मम ढङ्गले हिर्काएर र घोची घोची हत्या गरिएका थिए ।

वडा सदस्य सार्कीको आक्रमण गरि हत्या गरेको घट्नाको सबै तिर्ब विरोध र घटनाका दोसीलाई तत्काल कारवाही गर्नुपर्ने दवाव बढेको थियो । घटनाको बिारेध गर्दै काठमाण्डौमा एक दलित तथा अधिकारकर्मीहरुको प्रतिनिधि मण्डलले गृह मन्त्री राम बहादुर थापा बादललाई भेटि ज्ञापनपत्र बुझाए लगत्तै गृहमन्त्री वादलले कालिकोट जिल्ला प्रहरी कार्यालयलाइृ निर्देशन दिएपछि जेठ २२ गतेनै कालीकोट जिल्ला प्रहरी कार्यालयमा मुद्धा दर्ता भएको थियो।  मना सार्की स्थानिय निर्वाचनमा कालीकोट नरहरिनाथ गाँउपालीका ९ वडाबाट सदस्य पदमा निर्वाचित हुनु भएको थियो ।

प्रतिकृया दिनुहोस्