RaraNews

जागरण मिडिया प्रकाशित : २०७५/२/२३ गते
२७७१ पटक

कालिकोट । नरहरिनाथ गाउपालिका वडा नम्बर ९ कालीकोटकी महिला वडा सदस्य मना सार्कीका हत्यारालाई कडा कारवाहीको माग गर्दै बुधबार बिरोध र्याली निकालिएकोछ । सदरमुकाम मान्माको जिरो पोइन्ट देखि सुरु भएको बिरोध र्याली प्रशासन कार्यलय पुगी सिडियो चन्द्रमणि गौतमलाई संयुक्त ज्ञापन पत्र बुझाईको हो । सिडियो मार्फत बुझाइएको बिज्ञप्ती प्रधानमन्त्रि कार्यालय, गृह मन्त्रालय, महिला आयोग, दलित आयोग, राष्ट्रिय मानव अधिकार आयोगलाई समेत पठाइएको छ ।

बिज्ञप्ती बुझ्दै सिडियो गौतमले घटना ज्यादै दुखत भएकाले दोसीलाई हदैसम्मको कारवाही गराउनमा आफ्नो सक्दो भुमिका रहने कुरा बताएको तिलागुफा नगरपालिकाकी उप प्रमुख दन्ता नेपाली दर्शनाले जानकारी दिनुभयो ।

बिज्ञप्तीमा घटनाको कडा बिरोध गर्दै घटनाका दोसीलाई जातिय विभेद तथा छुवाछूत ऐन अनुसार कारवाही, दलित प्रतिनिधीको सुरक्षा, पिडीतलाई क्षतीपुर्ती, दोसीलाई जन्मकैदको सजाय लगायतका माग रहेका छन ।

वडा दलित महिला सदस्य सार्कीको हत्यापछि घटनालाई अन्तै मोड्ने र दोसीलाई उम्काउने गरि विभिन्न षडयन्त्र र जालझेल भइरहेकाले त्यता तिर आफुहरुको ध्यान गएको जिल्लास्थित दलित अधिकारकर्मीहरुले बताउनु भएको छ ।

स्थानिय राजिन्द्रा शाही, सिर्जना शाही लगायतको निर्घात कुटपिटबाट नै आफ्नी आमाको ज्यान गएको छोरा पदम सार्कीले जागरण मिडिया डट कम लाई बताउनु भएको छ । निर्घात कुटाईबाट नै आमाको ज्यान गएको र अहिले घटनालाई अन्तै मोड्ने र दोसीलाई उम्कने गरि चलखेल भइरहेको छोरा पदमको गुनासो छ ।

आरोपितहरुबाट घटना कमजोर बनाउन गलत र कलोकल्पित समाचार बाहिर ल्याउने गरेको प्रती दुख ब्यक्त गर्दै तेसो नगर्न हुन पिडीतहरुले अनुरोध समेत गरेका छन् । शवको पोष्टमार्टम मेडिकल रिर्पोटमा समेत दोसीहरुले गडबडी गर्नसक्ने तर्फ आफुहरुको ध्यान गएको र त्यसका लागि सम्बन्धित पक्षको ध्यान आर्कषण गर्न चाहेको उहाँहरुको भनाई छ ।

दलित महिला वडा सदस्य ४५ वर्षिया मना सार्कीको स्थानिय राजिन्द्रा शाही, सिर्जना शाही लगायतको कुटपिटबाट गत शनिबार राति ११ बजे घरमै मृत्यु भएको थियो ।

(मृतक- मना सार्की )

घटनापछि पिडीतको उजुरीका आधारमा प्रहरीले राजिन्द्रा शाही, सिर्जना शाहीलाई पक्राउ गरेर अनुसंन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखेको छ ।

प्रतिकृया दिनुहोस्