RaraNews

जागरण मिडिया प्रकाशित : २०७५/२/२१ गते
१३१९ पटक

काठमाडौं । जब संसदमा नै सांसद आफुले जातकै कारण काठमाडौंमा बस्नका लागि कोठा नपाएको गुनासो चिच्याई चिच्याई गर्छन, तब लाग्छ यो देशमा अब मानवता शुन्य भयो ।

सोमबार देशले जातिय विभेद तथा छुवाछूत मुक्त राष्ट्र घोषणा भएको सम्झनामा दिवस मनाई रहंदा संसदमा भने सांसदले दलित भएकै कारण आफुले काठमाडौंमा कोठा नपाएको गुनासो गरि रहेका थिए ।

संसदको विशेष समयमा बोल्दै सांसद कलुदेवी विश्वकर्माले आफु दलित भएकै कारण एक महिनादेखि काठमाडौंमा कोठा पाउन नसकेको बताउनु भयो ।

सांसद विश्वकर्माले भन्नुभयो, ‘सबैभन्दा दुखलाग्दो कुरा के छ भने यो काठमाडौंको ठाउँमा त यस्तो छुवाछुतको भेदभाव छ भने’ दुर दराजका दलितको अवस्था के होला ? ’

देशमा छुवाछुत अन्त्य भनेर हामीले पटक पटक सुने पनि काठमाडौंमा नै छुवाछूत चर्को रहेको उहाँको भनाई थियो । सांसद विश्वकर्माले गाउँघरमा दलितहरुले सुतेको ठाउँमा पोत्नुपर्ने र खाएको भाडा माझ्नुपर्ने अवस्था रहेको समेत बताउनु भयो ।

प्रतिकृया दिनुहोस्