RaraNews

जागरण मिडिया प्रकाशित : २०७४/१२/१८ गते
१८४३ पटक

पत्रकार सुशील दर्नाललाई यस वर्षको ‘उत्कृष्ट युवा पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ । रिपोर्टस क्लब नेपालको २० औं बार्षिकोत्सवको अवसरमा पत्रकार दर्नाललाई पुरस्कृत गरिएको हो । राष्ट्रिय सभागृहमा आयोजित पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पष्पकमल दाहाल ‘प्रचण्ड’ उनले पुरस्कार ग्रहण गरेका हुन । पत्रकार दर्नाल आठ वर्षदेखि राष्ट्रिय समाचार समिति (रासस) मा आवद्ध छन् ।

विगत एक दशकदेखि पत्रकारितामा सक्रिय दर्नालले खासगरि सामाजिक विषयमा कलम चलाउदै आएका छन् । पाल्पामा जन्मेका दर्नालले पत्रकारिता विषयमा अहिले स्नातकोत्तर गर्दै छन् । दर्नाललाई यस अघि प्रेस काउन्सिलद्धारा प्रदान गरिने ‘प्रेस काउन्सिल समावेशी पत्रकारिता पुरस्कार’ (राष्ट्रपति विद्यादेवि भण्डारीबाट) लगायत अन्य पुरस्कार समेत प्रदान गरिएको छ ।

त्यसैगरी रिपोर्टर्स क्लब नेपालले आफ्नो बार्षिकोत्सवकै अवसरमा पत्रकारहरु सुवास ढकाललाई ‘गिरिजा प्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कार’ शम्भु श्रेष्ठलाई ‘मदन भण्डारी स्मृती पत्रकारिता पुरस्कार’ डिल्ली आचार्यलाई ‘वीरेन्द्र शाह स्मृति पत्रकारिता पुरस्कार’ प्रदान गरेको छ ।

यसैगरी ‘कुलप्रसाद–चेतकुमारी धमला स्मृति पत्रकारिता पुरस्कार’, ‘कृष्णसेन ईच्छुक स्मृती पत्रकारिता पुरस्कार’ र ‘रिपोर्टर्स क्लब नेपाल सर्वोत्कृष्ट युवा पत्रकारिता पुरस्कार’ क्रमश पत्रकारहरु दिलिप थापा मगर, रेवती सापकोटा र नरेन्द्र साउदलाई प्रदान गरिएको छ ।
यसैगरी यस वर्षको ‘बाबुछिरी फोटो पत्रकारिता पुरस्कार’ पत्रकार विजय राई र ‘उमा सिंह स्मृतीपत्रकारिता पुरस्कार’ पत्रकार दीपा दाहाललाई प्रदान गरिएको छ ।

त्यसैगरी ‘युवा पत्रकारिता पुरस्कार’ गोरखापत्र दैनिकका समचारदाता भउचप्रसाद यादव र पत्रकार कमनहरि तिमिल्सिनालाई प्रदान गरिएको छ ।

क्लबले प्रधानमन्त्री ओली र प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवलाई विशेष अभिनन्दन गर्नुका साथै विभिन्न व्यक्तिलाई सम्मान समेत गरेको थियो ।

प्रतिकृया दिनुहोस्