RaraNews

केपी अनमोल प्रकाशित : २०७४/१२/१६ गते
२९०६ पटक

लोक दोहोरी क्षेत्रका चर्चित निर्देशक तथा मोडल, शालिन ब्यक्तित्व शंकर बि.सीले आफुलाई जातिय रुपमा गरेको गाली गलौचले आत्म सम्मानमा गहिरो चोट पुगेका कारण न्याय माग्ने बताएका छन । साथै जातिय रुपमा अत्यन्त दरिद्र मानसिकताबाट गरिएको गालीले आफु मानसिक रुपमा बिछिप्त भई आत्महत्या गर्ने सोंचमा समेत पुगेको बताएका छन् ।

घटनाको गम्भिरयता नबुझी केहि ब्यक्तीहरुले आफुलाई जातिय रुपमा तुच्छ शब्द प्रयोग गरेका कारण ज्यादै दुखित भई मर्न मन लागेको उनले मिडियामा बताएका छन् । रमाइलो छ नामक युटुब च्यानलमा संचारकर्मी उत्सव रसाइलीले लिएको अन्तरवार्तामा उनले त्यस्तो बताएका हुन ।


आफुले पत्रकारलाई धम्काएको भनि मिडियामा आएको एकहोरो समाचारबारे उनले प्रष्ट पार्दै भनेका छन, ‘मैले त्यत्तिकै उहाँलाई त्यस्तो भनेको होईन, बजारमा एकतर्फी समाचार आयो । कार्यक्रमको स्टेज पछाडी डे«स चेन्ज गर्ने रुमकै छेउमा एक जना पत्रकारले कलाकारसंग अन्तरवार्ता लिइरहनु भएको रहेछ, ढोकै निर, त्यो मलाई थाहा भएन, म भित्रबाट बाहिर आँउदा उहाँको क्यामरा छेकीएछ, मैले सरि सरि…भन्दै उता गए । क्यामराको अगाडी जानु हुन्न भन्ने कुरा मलाइ पनि थाहा छ, म पनि डाईरेक्टर हुँ । तर उहाँले मलाई यसरि घुरेर हेर्नु भयो की, आएर झम्टेला, कुट्ला झै गरि, ह्याँ देखेन  ? भनेर मलाई थर्काउनु भयो । यो सुरुको घटना पनि आउनु पथ्र्यो तर, उहाँले त्यो नगरेर म अलि रिसाएको मात्रै भिडियो बाहिर ल्याउनु भयो । मलाई हेपेर त्यसरि थर्काएपछि म अलि आबेगमा आएको हुँ । म कामको प्रेसरमा पनि थिए, त्यत्रो सास्ंकृतीक कार्यक्रमको संयोजकै म थिए ।’

चर्चित कलाकार बि.सी बारे बाहिर आएको समाचारमा उनी आवेगमा आएर रिसाएको र थर्काएको मात्रै भिडियो सार्बजकि गरिंदा दर्शकहरुमा जबरजस्त शंकरकै दोस हो भन्ने भ्रम देखिएको थियो । र सोहि एकहोरो खबर बनाइएको भिडियो हेरेर उनका अधिकांस शुभचिन्तकको चित्त दुख्यो भने केहि उछृङ्खल र जातिय अहमतावादी ब्यक्तीले उनलाई जातिय रुपमा तुच्छ शब्द प्रयोग गर्दै गाली गरेका छन् ।

जसले अहिलेको २१औं शताब्दीमा पनि जातिय विभेदको मानसिकता समाजमा दरोसंग फैलिरहेको छ भन्ने कुरा प्रष्ट हुन्छ, यस्ता जातिय गाली गलौचले । कलाकार बि.सीलाई सामाजिक संजालमा गरिएका केहि अपाच्य र अशोनिय गाली बेज्जती देख्दा सिंगो दलित समुदायको चित्त दुखेको छ । साथै समुदायमाथि नै यसरि गरिएको जातिय विभेद र गाली गलौचको कडा बिरोध गर्दै न्यायका लागि आवाज उठाई रहेका छन ।

उक्त घटनामा आफ्नो मात्रै गल्ती देखाएर दर्शक सामु मानहानी गरिएको प्रती भने कलाकार बि.सीको चित्त दुखाई छ । आवेगमा आएर आफुले केहि गल्ती बोलेको स्विकार्दै चर्चित निर्देशक तथा मोडल बि.सीले दर्शकसंग माफी सामेत माग्नु भएको छ ।
अब न्यायको लागि जान्छु :
घटनाको एकहोरो समाचार मात्रै बाहिर ल्याएर आफुलाई बदनाम गर्दै आत्मसम्मानमा आँच आउने गरि गरिएको गाली गलौच प्रती चुप लागेर नबस्ने भन्दै कलाकार बि.सीले न्यायका लागि आफु पनि अघि बड्ने बताएका छन । आफुलाई जातिय रुपमा तल्लो जात भन्दै तथानाम गरिएको गालीले आफु मात्र नभएर सिंगों ६० लाख दलित समुदाय उपर अन्याय भएकाले आफु न्यायको ढोका ढकढक्याउने बताएका छन् ।

नेपालको संविधानमा कुनै पनि ब्यक्तीलाई उसको, जात, धर्म, लिँग, भाषाका आधारमा भेदभाव गर्न पाइने छैन भनिएको छ । यदि त्यस्तो गरेको पाइएमा कानुन अनुसार दण्डनिय हुनेछ समेत भनिएको छ । त्यसैगरि, जातिय रुपमा गाली गलौच तथा भेदभाव गर्नेलाई जातिय भेदभाव तथा छुवाछूत कसूर सजाय ऐन २०६८ अनुसार त्यस्तो गर्ने जोसुकैलाई दण्ड जरिवाना सहित जेल सजाय हुने कानुनी ब्यवस्था छ ।

घटना के थियो ?
घटना तिन दिन अघि काठमाण्डौको भृकुटी मण्डपमा आयोजना भईरहेको राष्ट्रिय स्तरको लोकदोहोरी प्रतियोगिता स्थलमा कलाकार शंकर बि.सी र एकजना पत्रकार बिच क्यामरा छेकेको बिषयमा भएको सामान्य विवाद हो । कार्यक्रमको स्टेच पछाडी ड्रेस चेन्ज रुम नजिकै फिल्मिजुम डटकमका प्रकाश ढकालले लोक गायक चोलेन्द्र पौड्यालसंग अन्तर्वार्ता लिईरहेको बेलामा क्यामराको अगाडीबाट कलाकार शंकर बि.सी छिरेपछि विवादको बिउ रोपिएको थियो । तर, अन्तरवार्ता भइरहेको छ भनेर आफुलाई थाहा नभएरै छिरेको बि.सीले प्रष्ट्याइ सकेका छन् ।

कलाकार बि.सी क्यामरा अघिबाट गएको देखेपछि ढकालले उनलाई हेपाहा र रिसले घुरेर, ह्या खिचेको देखेन ? भनेर बोलेपछि, आफुलाई डोमिनेट गरेको भन्दै आवेगमा आएका कलाकार बि.सीले ‘त्यसरि मसंग बोल्ने, पिट्ला झै , घुरेर हेर्ने तेरो हैसियत हो ? मसंग त्यसरि बोल्ने ? ‘ भनेर प्रतिवाद गरेका थिए । उनको यहि बोलेको भिडियो मात्रै ति पत्रकारले आफुमाथि दुब्र्यवहार भयो भन्दै सार्बजनिक गरेका थिए । तर, कलाकार बि.सीले घटनाको यर्थात आफुले दिएको अन्तरवार्तामा बताएका छन ।

प्रतिकृया दिनुहोस्