RaraNews

जागरण मिडिया प्रकाशित : २०७४/९/५ गते
२५०३ पटक
दमौली ।

कालिका मन्दिर दर्शन गर्न गएकी एक युवतीलाई बलात्कार गरेको अभियोगमा भारतीय नागरिकविरुद्ध प्रहरीले जबर्जस्ती करणी मुद्दामा मुद्दा दर्ता गरेको छ ।

देवघाट गाउँपालिका घर भइ हाल दमौलीमा अध्ययनरत एक मुवथीमाथि भारत मोतीहारी निवासी २२ बर्षका रञ्जन यादवले गत कात्तिक २८ गते कालिका जंगल पार्कनजिकैको ठाँटीमा लगी बलात्कार गरेको प्रहरीको अभियोग छ ।

मन्दिरमा गएकी युवतीलाई जबर्जस्ती ठाँटीमा लगेर यादवले बलात्कार प्रयास गर्दा ती युवतीले प्रतिकार गरेकी थिइन् ।

प्रतिकार गर्दागर्दै पनि कुटपिट गरी बलात्कार गरेको पीडित युवतीले बताइन् ।

source imandarmedia

प्रतिकृया दिनुहोस्