RaraNews

जागरण मिडिया प्रकाशित : २०८०/२/२ गते
१०४५ पटक

काठमाडौं ।जागरण मिडिया सेन्टरले “लेखन फेलोसिप–२०८०” आह्वान गरेको छ । ३५ हजार रासीको फेलोसिपका लागि महिला, दलित, आदिवासी÷जनजाति तथा अपाङ्गता भएका लेखकहरुलाई विशेष प्राथमिकता दिईनेछ । फेलोसिप सम्वन्धी कार्यक्रम गर्न चाहने लेखकहरुले यही जेठ १५ गतेभित्र आवेदन दिईसक्नुपर्ने छ । थप जानकारीका लागि या सूचना हेर्नुहोला ।

 

 

 

 

 

 

 

 

“लेखन फेलोसिप–२०८० ”
जागरण मिडिया सेन्टर
बानेश्वर, काठमाडौं

जागरण मिडिया सेन्टर सन् २००० मा स्थापना भएको एक गैर–सरकारी संस्था हो । यस संस्थाले जातीय तथा लैगिंक विभेद विरुद्ध र समानता, सामाजिक न्याय, समावेशी, धर्मनिरपेक्ष तथा समतामुलक समाज निर्माणका लागि सञ्चार वकालत गर्दछ । यसले मानव अधिकार प्रर्वद्धन,लैगिंक समानता र सामाजिक समावेशीकरण, शान्ति, समतामुलक विकास, सुशासन, पर्यावरणीय न्याय र विपद् जोखिम न्युनिकरणको क्षेत्रमा पनि काम गर्दै आएको छ । यसै सन्दर्भमा यस संस्थाले दलित र सीमान्तकृत समुदायका विषयमा कलम चलाउने लेखकहरू लक्षित “लेखन फेलोसिप–२०८०” कार्यक्रम सार्वजनिक गरेको छ ।

क) रिपोर्टिङका लागि विषयहरू
दलित र सीमान्तकृत समुदाय सम्बन्धि निम्न बिषयमा लेखहरु केन्द्रित गरी मुलधारका सञ्चारमाध्यमका दैनिक पत्रिकामा प्रकाशित गर्नुपर्नेछ ।
१. शैक्षिक पाठ्यक्रममा समावेशीकरणको मुद्धा
२. आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार
३. जातीय विभेद तथा छुवाछूत अन्त्यका लागि राज्यका तत्परता
४. दलित महिलाको राजनीतिक प्रतिनिधित्व
५. आरक्षणको औचित्य र आवश्यकता
६. स्वास्थ्य बीमा र यसको प्रभावकारिता
७. दलित अधिकार कार्यान्वयनमा सर्बाेच्चको आदेश
८. महिला माथि हुने हिंसा अन्त्यको सवाल
९. कृषिबाली तथा पशु बीमा र यसको प्रभावकारिता
१०. वातावरणीय न्याय र जलवायू परिवर्तन
११. जातीय भेदभाव अन्य सामाजिक छुवाछूत कसूर सजाय ऐन र यसको प्रभावकारिता

ख) फेलोसिपका शर्तहरु
१. फेलोसिपका लागि काठमाडौं केन्द्रित लेखक र लुम्बिनी प्रदेशका लेखकहरुले आवेदन दिन सक्नेछन् ।
२. “लेखन फेलोसिप–२०८० ” जम्मा ३ जनालाई प्रदान गरिने छ ।
३. माथि उल्लेखित विषयमध्ये कुनै पनि विषयमा खोजमूलक लेखन गर्न चाहने लेखकहरुले तलको फारम भरि २०८० जेठ १५ गते भित्र प्रस्ताव पेश गर्नुपर्नेछ । एकजनाले एउटा विषयमा मात्र प्रस्ताव पेश गर्न सक्नेछन् ।
४. प्राप्त प्रस्तावहरुलाई विषयवस्तु प्रतिको स्पष्ट बुझाई, लेखको योजना, सूचनाका स्रोतहरुको स्पष्टता, सम्भावित प्रभावका आधारमा विज्ञहरुको एक छनोट समितिले फेलोसिपका लागि सिफारिस गर्नेछ ।
५. फेलोसिप पाउने सञ्चारकर्मीले कम्तीमा १५०० शब्दमा लेख तयार गरी बढीमा एक महिना भित्र पेश गर्नुपर्नेछ ।
६. तयार भएको लेख मुलधारका सञ्चारमाध्यमका दैनिक पत्रपत्रिकाबाट प्रकाशन गर्नुपर्नेछ ।
७. छनौट प्रतियोगी लेखकहरुलाई “लेखन फेलोसिप–२०८०” बापत रु. ३५,००० (अक्षररुपी पैतीस हजार मात्र) प्रदान गरिनेछ । प्रदान गरिने रकममा प्रचलित कर बापत लाग्ने रकम काटिने छ ।
८. फेलोसिपका लागि महिला, दलित, आदिवासी÷जनजाति तथा अपाङ्गता भएका लेखकहरुलाई प्राथमिकता दिईनेछ ।
९. प्रस्ताव पठाउनका लागि प्रस्ताव फारमसहित  [email protected] इमेल गर्नुपर्नेछ । जेठ १५ पछि आउने प्रस्तावहरुलाई छनोट प्रक्रियामा समावेश गरिने छैन । थप जानकारीका लागि कार्यालय समयमा ०१५१७२६४६ मा सम्पर्क गर्न सक्नुहुनेछ ।

ग ) प्रस्ताव फारम
१.व्यक्तिगत विवरण (अनिवार्य रुपमा सबै विवरण उल्लेख गर्नुहोस)
नामः                                                            ठेगानाः
मोवाइल नं. वैकल्पिक सम्पर्क नं.
इमेलः

२. अनुसन्धानात्मक लेख/रचना विवरण

फेलोसिप अन्तर्गत लेखन गर्न चाहेको विषय के हो ? किन ?

तपाईंले लेखन गर्न चाहनुभएको लेखमा समावेश गरिने सवालहरु के के हुनेछन् ?

तपाइले लेखन गर्न चाहनु भएको लेखले कस्तो प्रभाव पार्न सक्छ ?

लेखनका लागि आवश्यक सूचनाका सम्भावित स्रोतहरु के के हन् ? कसरी ती सूचना संकलन गर्नुहुन्छ ?

उक्त लेख कुन सञ्चारमाध्यमबाट प्रकाशन गर्ने योजना बनाउनुभएको छ र किन ?

तपाइले फेलोसिप अन्तर्गत लेखन गर्न चाहेको विषयमा अहिले सम्म कस्ता मुद्दाहरु उठाउनु भएको छ ? तपाईले प्रकाशन गरि सक्नु भएका लेखहरु नमुनाको लागि कम्तिमा २ वटा पठाउनुहोला ।

माथि उल्लिखित प्रस्ताव फारमको आधारमा रही जागरण मिडिया सेन्टरले फेलोसिपका लागि तोकेको नियम र परिधिभित्र रही निर्धारित अवधिमा लेख÷रचना तयार पार्न प्रतिबद्ध छु ।

 

नामः
सहिः
फोन नम्बरः
मितिः

प्रतिकृया दिनुहोस्