RaraNews

जागरण मिडिया प्रकाशित : २०७९/१२/१४ गते
४३३ पटक

काठमाडौं । जागरण मिडिया सेन्टरको आयोजनामा ३ दिने आधारभूत पत्रकारिता तालिम कपिलबस्तु जिल्लाको वाणगंगाामा सम्पन्न भएको छ । शुक्रबारदेखि सञ्चालित तालिममा दाङ, कपिलबस्तु, पाल्पा, रुपन्देहीका १७ जना युवाको सहभागीता रहेको थियो ।

कार्यक्रममा सिद्धार्थ सामाजिक बिकास केन्द्र कपिलबस्तुका उपाध्यक्ष त्रिलोचन घिमिरेले पत्रकारिताका माध्यमबाट समाज परिवर्तन सम्भव भएकोले यो पेशाको निकै महत्व रहेको बताउनुभयो । उहाँले पत्रकारिता पेशामा अवसरसँगै चुनौती पनि प्रशस्तै रहेको बताउनुभयो ।

उहाँले चुनौतीको सामना गरी भुईतहका नागरिकका आवाजलाई सरकार र सम्बन्धित निकायमा पुरयाउन समन्वयकारी भुमिका खेल्ने पेशा पत्रकारिता रहेको बताउनुभयो ।
कार्यक्रममा जागरण मिडिया सेन्टरका कोषाध्यक्ष तथा प्रशिक्षक पत्रकार शुसिल दर्नालले आवाजविहिनहरुको आवाजलाई सशक्त रुपमा बाहिर ल्याउन पत्रकारिताको आवश्यकता रहेको बताउनुभयो ।

समाजमा रहेका हरेक प्रकारका असमानता, विभेद र अन्यायका विरुद्ध जागरण मिडिया सेन्टरले विभिन्न गतिविधि सञ्चालन गर्दै आएको उहाँले बताउनुभयो ।
जागरण मिडिया सेन्टरले विभिन्न मितिमा सञ्चालित पत्रकारिता तालिममा सहभागी बनेर अहिले स्थानीय तथा राष्ट्रिय स्तरका विभिन्न सञ्चार माध्यमहरुमा पत्रकारहरुले काम गरिरहेको उहाँले बताउनुभयो । पत्रकारिकता पेशामा टिक्नका लागि युवाहरु उत्साह र परिश्रमको खाँचो रहेको टिप्पणी गर्नुभयो ।

जागरण मिडिया सेन्टरका कार्यक्रम संयोजक बीर बहादुर नेपालीले सहभागिहरुले छोटो समयमा सिकाईलाई महत्वपूर्ण रुपमा लिई हरेक क्रियाकलापहरुमा उत्साहजनक रुपमा सहभागिता जनाएकोमा धन्यवाद व्यक्त गर्नुभयो ।

समाजमा रहेका हरेक बिषयबस्तुको उठान गरी समाचार लेखनका माध्यमबाट स्थानीय पत्रपत्रिका, रेडियो र अनलाईनहरुमा प्रकाशन तथा प्रशारणले समाज रुपान्तरणमा बल पुग्ने उहाँले बताउनुभयो ।

कार्यक्रमका सहभागी उमा रसालीले पत्रकारिता तालिमले आफुहरुमा समाचार लेखनमा आत्मबल बढ्नुका साथै क्षमता अभिवृद्धि भएको बताउनुभयो ।
अर्का सहभागी राजकुमार हरिजनले समग्रमा तालिम सोचे भन्दा पनि फलदायी भएको उनीहरुले बताउनुभयो ।

जागरण मिडिया सेन्टरका सञ्चार अधिकृत कृष्ण दर्नालका अनुसार पत्रकारिता तालिममा दलित तथा सीमान्तकृत समुदायका युवाको सहभागिता रहेको थियो ।

३ दिनेसम्म सञ्चालित आधारभुत पत्रकारिता तालिमका विषयहरुमा आम सञ्चार, सञ्चार पत्रकारिताको अवधारणा, सूचनाको हक, आचार संहिता, समाचार वाचन, लेखन, सम्पादन, रेडियो पत्रकारिता, अन्र्तवार्ता लगायतका विषयमा छलफल भएको थियो ।

आधारभूत पत्रकारिता तालिमको सहजीकरण जागरण मिडिया सेन्टरका कोषाध्यक्ष शुशिल दर्नाल, कार्यक्रम संयोजक नेपाली र सञ्चार अधिकृत दर्नालले गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्