RaraNews

जागरण मिडिया प्रकाशित : २०७४/९/५ गते
२३२९ पटक
काठमाडौं ।

महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कमा कार्यरत इन्सपेक्टर हरिहर सुनुवार बिरुद्ध भ्रष्टाचार मुद्धा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रभागमा कार्यरत ईन्सपेक्टर सुनुवारलाई मंगलबार विशेष अदालतमा मुद्धा दायर गरेको हो ।

ईन्सपेक्टर सुनुवारलाई अख्तियारको टोलीले ५० हजार घुस रकम सहित रंगेहात पक्राउ गरिएको थियो । प्रहरी निरीक्षक सुनुवारले आफ्नो कार्यक्षेत्रमा रहेका गेष्ट हाउस सञ्चालकहरुसँग डर त्रास देखाएर भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १ बमोजिम कसुर गरेको पुष्टि हुन आएको अख्तियारले जारी प्रेस वक्तव्यमा उल्लेख गरिएको छ ।

आयोगले जारी गरेको प्रेस नोटमा भनिएको छ, ‘निजलाई ५० हजार बिगो कायम गरी ऐन अनुसार जरिवाना र कैद सजाय हुन भागदावी लिईएको छ ।’

साथै उक्त घुस लेनदेन प्रक्रियामा रकम माग्ने र उठाउने प्रहरी जवान विरेन्द्र बहादुर बमलाई समेत आयोगले ५० हजार बिगो कायम गर्दै मुद्धा दायर गरेको छ ।

त्यस्तै गरी, जिल्ला प्राविधिक कार्यालय सिराहामा कार्यरत इन्जिनियर रामबहादुर यादवलाई ८ हजार घुससहित पक्राउ गरेको छ । उनले इन्टरनेशनल कन्ट्रक्सन कम्पनीको अनुमति–पत्र बनाउनको लागि आवश्यक पर्ने इन्जिनियरको प्राविधिक प्रतिवेदन बनाउने प्रयोजनको लागि विभिन्न बहानामा घुस मागेको अख्तियारको दाबी छ ।

घुस मागेको विशेष उजुरीको आधारमा उनलाई अख्तियारको कार्यालय, इटहरीबाट खटिइ गएको टोलीले पक्राउ गरी अनुसन्धान गरिरहेको अख्तियारले जनाएको छ । इमान्दार मिडियाबाट

प्रतिकृया दिनुहोस्