RaraNews

जागरण मिडिया प्रकाशित : २०७९/११/३० गते
३५४ पटक

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मिडियाले नकारात्मक कुरामा मात्रै बाहिर ल्याउने होईन,सकारात्मक कुरालाई पनि स्थान दिनुपर्ने कुरामा जोड दिनु भएको छ । मन्त्री शर्माले संसदमा महिलाहरुको राम्रो भूमिका खेले पनि त्यस्ता कुरालाई मिडियाले स्थान नदिएको गुनासो गर्नु भयो ।

सोमबार काठमाडौंमा आयोजित नारी नेपाल अनलाईको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले संसदमा महिलाहरुले निभाएको भूमिकाको चर्चा हुन नसकेको बताउनु भयो । उहाँले संसदमा कानुन निर्माण गर्दा महिलाहरुले नै सबैभन्दा बढी संशोधन प्रस्ताव राख्ने , बैठकमा कोरम पु¥याउने सवालमा पनि महिलाहरुको उपस्थिति महत्वपुर्ण रहने गरेको तर त्यसको मूल्यांकन नभएको बताउनु भयो । संसदमा हेरेर सबैभन्दा बढी कानुन बनाउने कुरामा महिला सक्रिय छन् कि पुरुष यसको पनि मूल्यांकन हुनुपर्छ । संसद्को बैठक आयोजना र व्यवस्थापन गर्ने कुरामा पनि कसको बढी सहभागिता छ, यो कुरा चर्चाको विषय बन्नुपर्छ, उहाँले भन्नु भयो ।

उहाँले मिडियाले सत्य ,तथ्यमा आधारीत रहेर सकारात्मक र नकारात्मक दुबैलाई बाहिर ल्याउन जरुरी रहेको धारणा राख्नु भयो ।
महिलाले दोहोरो भुमिका बहन गरेर पनि ईमानदारीताका आफ्नो जिम्मेवारी पुरा गर्दै आएको उहाँले बताउनु भयो । उहाँले भन्नु भयो “ महिला सफल हुनुपर्छ,महिला असफल भए समुदाय असफल हुन्छ , पुरुष असफल भए व्यक्ति असफल हुन्छ । त्यसैले महिला सफल हुन जरुरी छ । ”

उहाँले अहिलेको समयमा अनलाई मिडियाहरुको पनि तीव्र विकास भएकाले अनलाई मिडियालाई समेट्ने गरि आमसंचार ऐन बनाउने तयारीमा रहेको जानकारी दिनु भयो ।

प्रतिकृया दिनुहोस्