RaraNews

जागरण मिडिया प्रकाशित : २०७४/१२/८ गते
१५३३ पटक

बैतडी ।
५३ औं अन्तराष्ट्रिय जातीय विभेद उन्मुलन दिवसको अवसरमा बैतडीमा प्रहरी प्रमुख सम्मानित हुनु भएको छ । आफ्नो कार्यालयमा दलितलाई भान्से राखेर जातीय विभेद अन्त्य गर्न सरकारी स्तरबाटै उदाहरणिय कामको सुरुवात गरेको भन्दै प्रहरी प्रमुख शर्मालाई दलित महिला संघ बैतडीले प्रमाण पत्र सहित दोसल्ला ओढाएर सम्मन गरेको हो ।

न्याय सम्पादन र दलित समुदायका जातिय विभेदका उजुरीलाई प्राथमिकता दिएर निश्पक्ष छानबीन गर्दै आएकाले प्रहरी प्रमुख शर्मालाई सम्मान गरिएको दलित महिला संघका जिल्ला अध्यक्ष सरस्वती नेपालीले जानकारी दिनुभयो । सोही अवसरमा जिल्ला विकास समितिका पूर्व सभापति तथा एमाले नेता परमानन्द भट्ट र दलित आन्दोलनका अगुवा नेता नरेश विश्वकर्मालाई समेत दलित आन्दोलन र दलितको पक्षमा अवकाल गरेको भन्दै प्रमाण पत्र सहति दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

यद्यपी, यसरि मार्च २१ का दिन जातिवेद बिरुद्धको दिवश मनाएर सम्मान गरि रहंदा केहि दिन अघि मात्रै अन्तरजातिय विवाह गरेर भाग्नै लाग्दा समातिएका एक दलित युवक भने अहिले त्यहि जिल्ला प्रहरी कार्यालयको खोरमा थुनिएका छन । गाँउमा आफ्नो विवाहलाई सहजै नस्विकार्ने भएपछि कथित उपल्लो जाति भनिने प्रेमिकासंगै भारततिर भाग्नै लाग्दा प्रहरीले सोधपुछ गर्दा युवक दलित थाहा भएपछि प्रहरीले दुबै जनालाई आफन्तको जिम्मा लगाएका थिए ।

तर, त्यसको भोली पल्ट केटी पक्षकाले युवकलाई फसाउने नियतले बेचविखन सहित बलात्कारको मुद्दा प्रहरीमा दायर गरेपछि अहिले ति दलित युवक जेल जाने अवस्थामा छन । केटीका आफन्तले दलित युवकलाई फसाउने नियतले केटीलाई बलात्कार गरेको मुद्दा हाल्न लगाईएको दलित अधिकारकर्मी सरस्वती नेपालीको भनाई छ ।

प्रतिकृया दिनुहोस्